बाँकेमा १८ वर्षमाथिकालाई बुस्टर डोज दिईंदै

सदरलाइन संवाददाता १ फाल्गुन २०७८, आईतवार १४:४१
 

नेपालगञ्ज : बाँकेमा आइतवारदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप दिन शुरु गरिएको छ ।

दोस्रो डोज खोप लगाएका ६ महिना पूरा भएका सबैले आइतवारदेखि बुस्टर डोज लिन पाउने स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।


बुस्टर डोजको रूपमा उपलब्धताका आधारमा कोभिसिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय भएको छ । यसअघि सरकारले मिक्स म्याचको अवधारणाअनुसार बुस्टर डोजमा फरकफरक खोप पनि दिएको थियो ।

कोभिड–१९ संक्रमण भएका व्यक्तिहरूले भने संक्रमणमुक्त भएको एक महिनापछि बुस्टर डोज खोप लिन श्रेष्ठले अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा आइतवार १९ जनामा कोरोना पुष्टि

१ फाल्गुन २०७८, आईतवार १४:४१
नेपालगञ्ज : बाँकेमा पछिल्लो २४ घण्टामा १९ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट १२ र एन्टिजेन परीक्षणबाट ७ गरी १९ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । भेरी अस्पतालको पीसीआर ल्यावमा ६, कोहलपुर मेडिकल कलेजमा २ जना र बागेश्वरी […]