सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बलात्कार मुद्दाका फरार एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । तीन वर्ष जेल सजाय सुनाईएका कोहलपुर नगरपालिका वडा नं. १३ का योगेश खत्रीलाई कोहलपुर प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत तुल्सीपुर ईजलाश नेपालगञ्जले गत बैशाख २५ गते बलात्कार मुद्दामा दोषी ठहराई खत्रीलाई तीन वर्ष जेल सजाय तोकेको थियो । अदालतको फैसलालगत्तै फरार भएका खत्रीलाई डेढ वर्षपछि उनकै घरबाट पक्राउ गरिएको हो ।
कोहलपुर नगरपालिका वडा नं. १३ खड्कवार बस्दै आएका ४१ वर्षीय खत्रीलाई मंगलवार बिहान पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । खत्रीलाई मंगलवारनै अदालत उपस्थित गराईएको ईलाका प्रहरी कार्यालयको मुद्दा फाँटका इञ्चार्ज प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिए ।
