कोरोनाबाट भेरी अस्पतालमा एकजनाको मृत्यु

सदरलाइन संवाददाता २९ माघ २०७८, शनिबार १३:५५
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप एकजना पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका ९ बाँकेगाउँका ८४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

माघ १८ गते कोभिड संक्रमण पुष्टि भएका उनी भोलीपल्ट भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना भएका थिए । उपचारका क्रममा उनको स्वास्थ्यमा सुधार नआउँदा शुक्रवार राती मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।


उनका अनुसार मृतक व्यक्तिलाई कोरोना विरुद्धको खोपको दुवै मात्रा लगाएका थिए । योसँगै कोरोनाबाट बाँकेमा मृत्यु हुनेको संख्या ३५० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कटुवा पेस्तोलसहित बाँकेमा दुई भारतीय नागरिक पक्राउ

२९ माघ २०७८, शनिबार १३:५५
नेपालगञ्ज : डाँका चोरी गरेको आरोपमा बाँकेमा दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको रुपइडिहास्थित निबिया गाउँ बस्ने वर्ष २६ का डब्लु मनिहार र बाबागन्ज बाबाकुट्टी बस्ने वर्ष २८ का निजामुद्दिन कबडिया कटुवा पेस्तोलसहित पक्राउ परेका हुन् । बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ८ सितबजार बस्ने पर्शुराम सार्कीको घरबाट […]