नेपालगञ्जमा अवैध १ करोड बरामद, ५ जना पक्राउ

सदरलाइन संवाददाता २८ फाल्गुन २०८०, सोमबार १७:०६
 

नेपालगञ्ज : बांके प्रहरीले सोमबार पनि नेपालगञ्जबाट अर्को हुण्डी कारोबारी अड्डामा छापा मारेर करिब १ करोड फेला पारेको छ । आईतबार हुण्डी कारोबारीको अड्डा नजिकैबाट ३ जना ब्यक्तिसहित ३९ लाख २० हजार रुपैयाँ पक्राउ गरेकोमा सोमबार नेपालगञ्ज उप–महानगरपालिका वाड नम्बर ४ बस पार्क र पुष्पलाल चौक नजिक रहेको २ वटा छुट्टा छुट्टै होटेलमा छापा मारेर ९९ लाख ३७ हजार ४ सय ८८ रुपैयाँसहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके र राष्ट्रिय अनुसन्धान बाँकेको स्रोतका अनुसार आईतबारको घटनापछि गरिएको छानबीनका क्रममा लामो समयदेखि अबैध धन्दा गर्नेहरुको प्राप्त बिवरणहरुको आधारमा गरिएको अप्रेशनका क्रममा नेपालगञ्जको बस पार्क नजिक रहेका २ वटा होटेलमा सोमबार बिहान प्रहरीले छापा मारेको थियो ।

बस पार्क नजिक रहेको होटेल सन्तोष दंगालीको कोठामा बसेका नेपालगञ्ज– १४ बस्ने ३५ बर्षीय रोहित क्षेत्री, दाङ तुल्सीपुर बताउने ४३ बर्षीय कृष्ण बिक र भारत निवासी राहुल जैसवाललाई नियन्त्रणमा लिएर गरिएको प्रारम्भिक छानबीनका क्रममा उनीहरुबाट स्रोत नखुलेको ५८ लाख ३३ हजार ४ सय ८८ नेपाली रुपैयाँ फेला पारेको छ ।


त्यसैगरि बसपार्ककै अर्को होटेल कालिकामा छापा मारेर छानबीन तथा खोज तलास गर्दा सो होटेलमा बसेका नेपालगञ्ज–१६ जयसपुरका ५० बर्षीय शलिम जोलाह र २५ बर्षीय आसिफ अन्सारीबाट ४ लाख ४० हजार भारतीय रुपैयाँ र ३४ लाख नेपाली गरि ४१ लाख ४ हजार फेला पारेको छ ।

नेपालगञ्जमा पछिल्लो समय सुन तथा नेपालबाट जडीबुटी भारत तर्फ तस्करी र भारतबाट भन्सार छलीका बिभिन्न सामानहरु आयात तथा क्यासिनोमा जुवा खेल्ने लगायतका अन्य बिभिन्न गैर–कानुनी कामहरुमा समेत हुण्डी मार्फत पैसाको कारोबार भईहेको सन्दर्भमा प्रहरीले बिभिन्न स्रोतबाट प्राप्त सूचनाको आधारमा अप्रेशन हुण्डी सञ्चालन गरेको घटना क्रमले देखाएको छ ।

आइतवार हुण्डी कारोबारीबाट घटनास्थलमा ३८ लाख ६४ हजार पक्राउ गरेकोमा पछि निजहरुको शरीरको खान तलासी गर्दा समेत कुल ३९ लाख २० हजार रहेको बाँकेका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहराले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतीय कुखुराको मासु बरामद

२८ फाल्गुन २०८०, सोमबार १७:०६
नेपालगञ्ज : नेपालगञ्ज १ धम्बोझी स्थित घनश्याम सोनकरले सञ्चालन गरेको प्रदिप मासु पसलबाट अवैध ब्रोईलर कुखुराको मासु प्रहरीले बरामद गरेको छ । उक्त पसलमा ६ वटा जुटको बोरा भित्र २ सय ९१ किलो छाला र हड्डि नभएको अबैध ब्रोईलर कुखुराको मासु फेलापारी बरामद गरिएको प्रहरीले जनाएको छ । आवश्यक कारवाहीका […]