आठ किलो चरेससहित दाङमा दुई जना पक्राउ

सदरलाइन संवाददाता २५ माघ २०७८, मंगलवार १४:१४
 

नेपालगञ्ज : दाङमा करिब आठ किलो चरेससहित दुई जना पक्राउ परेका छन् ।

रुकुमको भुमे गाउँपालिका वडा नम्बर ९ चुनवाङ घर भई हाल घोराही उपमहानगरपालिका नयाँ बसपार्क बस्ने ५० वर्षीय दलबहादुर कामी र घोराही उपमहानगरपालिका वडा नम्बर–१८ गिठेपानी बस्दै आएका ५९ वर्षीय कर्णबहादुर पुन पक्राउ परेको प्रहरीले जनाएको छ ।


दलबहादुरको कोठाबाट ७ किलो ७ सय ७९ ग्राम लागूऔषध चरेससहित उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्राउन सुगरसहित नेपालगञ्जमा एकजना पक्राउ

२५ माघ २०७८, मंगलवार १४:१४
नेपालगञ्ज : जिल्ला प्रहरी बाँकेले ब्राउन सुगरसहित एक जनालाई नेपालगञ्जबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी बाँकेको टोलीले नेपालगन्ज ८ का २५ बर्षीय मोहम्मद अलीलाई १९ ग्राम ५२० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ । सोमबार साँझ साढे ५ बजे नेपालगञ्ज ८ जोलहानपुर्वामा शंकास्पद तरिकाले हिंडिरहेका […]

सम्बन्धित