सदरलाइनडटकम,
बैजनाथ (बाँके) : भारतको सिम्लामा मजदुरी गर्नेक्रममा दुबै हात र खुट्टा गुमाएका बाँकेको बैजनाथका बुद्धिमान कुँवरलाई आर्थिक सहयोग गरिएको छ । बाँके सेवा समाज कतारले पठाएको एकलाख २० हजार १०१ रुपैयाँ सोमवार नेकपा बाँकेका नेता रत्न खत्रीले कुँवरलाई हस्तान्तरण गरे ।
नेकपा नेता खत्रीको पहलमा समाजका अधयक्ष राजकुमार खत्री, महासचिव दिपक चन्द, सचिव रोशन विक, प्रमुख सल्लाहकार दुर्गा खड्का, आजिवन सदस्य नवराज शाही लगायतले कतारबाट सहयोग संकलन गरि पठाएको रुपिया कुँवरलाई हस्तान्तरण गरेको नेता खत्रीले बताए । नेता खत्रीले थप सहयोगका लागि समेत बिभिन्न निकायमा आफुले पहल गरेको बताए । कृत्रिम हातखुट्टा जडानका लागि करिब एक करोड रुपिया खर्च लाग्ने अनुमान गरिएको छ । हालसम्म ५५ लाख सहयोग संकलन भएको छ ।
