‘हाम्मा कुडा हाम्मा मुख्यमन्त्री’ कार्यक्रमका लागि कर्णाली सरकार र नेपाल टेलिभिजनबीच सम्झौता

२६ कार्तिक २०७६, मंगलवार १२:१८
 

सदरलाइनडटकम,
सुर्खेत  : नेपाल टेलिभिजनसंग कर्णाली प्रदेशको समग्र विकासको लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले ‘हाम्मा कुडा हाम्मा मुख्यमन्त्री’ कार्यक्रम उत्पादन तथा प्रशासरणको लागि सम्झौता गरेको छ ।
मुख्यमन्त्रीले प्रत्यक्ष जनताका कुरा सुन्ने र सरकारका काम कारवाही बारे जानकारी दिने उदेश्यले अघि सारेको सवालजवाफ कार्यक्रम उत्पादन तथा प्रशासरण गर्न सोमबार नेपाल टेलिभिजनसंग सम्झौता गरिएको हो ।
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रमुख सचिव केवलप्रसाद भण्डारीको रोहवरमा कार्यालयका प्रशासन तथा बैठक महाशाखाका सचिव बालाराम शर्मा र नेपाल टेलिभिजनका महाप्रवन्धक गोविन्द रोका ‘सचिन’ ले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
मुख्यमन्त्री शाहीले कर्णालीका ग्रामिण बस्तीहरुमा पुगेर जनताका बास्तविक समस्या पहिचान गर्नेे र त्यसको समाधान गर्ने हेतुले कार्यक्रम अघि सारेको जानकारी दिए । उनले हाम्मा कुडा हाम्मा मुख्यमन्त्री कार्यक्रमको माध्यमबाट विकासको गतिविधि, अनियमितता, ढिलासुस्ती जस्ता समस्याहरु जनताबाट प्रत्यक्ष जानकारी लिने उल्लेख गरे ।
यसैविच, नेपाल टेलिभिजन कोहलपुर प्रशारणका प्रमुख विजय बर्माले हाम्मा कुडा हाम्मा मुख्यमन्त्री कार्यक्रमलाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाए । कर्णालीका दश जिल्लामै पुगेर प्रत्यक्ष सवाल जवाफ कार्यक्रमको नेपाल टेलिभिजन कोहलपुर र न्यूज च्यानल काठमाडौंबाट प्रशारण गरिने छ ।
सम्झौता कार्यक्रममा मुख्यमन्त्री कार्यालयका शासकिय सुधार तथा समन्वय महाशाखाका सचिव लक्ष्मीकुमारी बस्नेत, कानुन तथा संबैधानिक मामिला महाशाखाका सचिव बलसागर गिरी र मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रव बुढाथोकीको उपस्थिति थियो ।

Next Post

कोहलपुरमा बिस्फोट हुँदा एकजना गम्भीर

२६ कार्तिक २०७६, मंगलवार १२:१८
सदरलाइनडटकम, कोहलपुर (बाँके) : कोहलपुरमा मंगलवार दिउँसो बम विस्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन् । कोहलपुर नगरपालिका वडा नं. ११ न्यूरोड गोलपार्क नजिकै गोपाल पौडेलको घरमा बिस्फोट भएको हो । दिउँसो ३ बजे बम बिस्फोट हुँदा घरधनी पौडेल गम्भीर घाईते भएका छन् । बिस्फोटलगत्तै पौडेललाई उपचारकालागि कोहलपुर मेडिकल […]