बाँकेमा ४८ संक्रमित थपिए, ८९ डिस्चार्ज

सदरलाइन संवाददाता २१ माघ २०७८, शुक्रबार १३:५२
 

नेपालगञ्ज : बाँकेमा शुक्रवार थप ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा ४३ र एन्टिजेन परीक्षणमा ५ जनागरी ४८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्लाका तीनवटा पीसीआर ल्यावमा ९६ जनाको नमुना जाँच्दा ४३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । भेरीमा ३०, कोहलपुर मेडिकल कलेजमा १० र बागेश्वरी ल्यावमा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।


यस्तै जमुनाहा नाकामा २७५ जनाको एन्टिजेन जाँच गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका मध्ये बाँकेका २५ जना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ७८० पुगेको छ ।

यस्तै थप ८९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार १ सय ३६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागुऔषध नियन्त्रण नागरिक सहायता कक्ष स्थापना

२१ माघ २०७८, शुक्रबार १३:५२
नेपालगञ्ज : बाँकेको खजुरामा लागुऔषध नियन्त्रण, उपचार तथा परामर्श सम्बन्धि निःशुल्क नागरिक सहायता कक्ष स्थापना गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत खजुरामा नागरिक सहायता कक्ष स्थापना गरिएको हो । बढ्दो लागुऔषध नियन्त्रण गर्न र कुलतमा फसेका मानिसहरूको गाउँपालिकाको सिफारिसमा नेपालगञ्ज गणेशमान चौक नजिक रहेको परामर्श केन्द्रमा उपचार तथा निशुल्क […]

सम्बन्धित