बाँकेमा लक्षित समूहका बालबालिकालाई खोप लगाउन शुरु

सदरलाइन संवाददाता १९ माघ २०७८, बुधबार १३:०८
 

नेपालगञ्ज : बाँकेमा बुधवारदेखि १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ । कोरोनाका नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै गएको पुष २९ गतेदेखि बाँकेका विद्यालय बन्द छन् ।

लक्षित समूहका बालबालिकालाई खोप लगाउन बुधवार र बिहीवार दुई दिन विद्यालय खोलिएको छ । अधिकांश विद्यालयलाई खोप केन्द्र स्थापना गरेर खोप लगाउने काम शुरु भएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

खोप अभियानको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले उदघाटन गरे । नेपालगञ्जस्थित धम्वोजी उच्च माविमा एक कार्यक्रमकाबीच खोप अभियानको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारीले लक्षित समूहलाई खोप लगाउन आव्हान गरे ।


कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाह, बाँकेका एसपी श्यामकृष्ण अधिकारीलगायतको उपस्थिति रहेको थियो । उनका अनुसार जिल्लाका आठवटै पालिकामा भोलीसम्म कोरोनाविरुद्धको मोर्डना खोप लगाउने कार्यक्रम छ ।

करिव २ सय ४० वटा विद्यालयलाई केन्द्र बनाएर ६९ हजार बालबालिकालाई खोप लगाइने श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाको बढैयाताल जलकुम्भीले कुरुप

१९ माघ २०७८, बुधबार १३:०८
नेपालगञ्ज : जैविक विविधताले भरिपूर्ण देशकै ठूलो सीमसार क्षेत्र बर्दियाको बढैयाताल जलकुम्भीले कुरुप बनेको छ । जलकुम्भीले मुख्य विशेषता तालभरी रहेको कमलको फूल पुरै नष्ट गरिदिएको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–५ बढैया गाउँमा पर्ने बढैयातालले उचित संरक्षण पाएको छैन । अहिले कमलको पात र जरा पनि भेटिन मुस्किल पर्ने […]