लायन्स अन्तराष्ट्रिय डिष्टिक ३२५ एनको दोस्रो कन्भेन्सन नेपालगञ्जमा सुरु

सदरलाइन संवाददाता १५ बैशाख २०८१, शनिबार १३:४५
 

नेपालगञ्ज : समाज सेवामा अग्रणी स्थान बनाउन सफल रहेको लायन्स अन्तराष्ट्रिय डिस्टिक ३२५ एनको दोस्रो राष्ट्रिय सम्मेलन नेपालगञ्जमा सुरु भएको छ ।

अन्तराष्ट्रिय डाइृरेक्टर बालकृष्ण बुर्लाकोटीले उद्घाटन गरेको सो सम्मेलनमा करिव १ हजार लयान्स सदस्यहरु सहभागि रहेको सम्मेलन आयोजक समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

एकवर्षे कार्यकाल रहने लायन्समा यो सम्मेलनले लायन वर्ष २०२४÷२०२५ का लागि नयाँ नेतृत्व समेत चयन हुने र डिस्ट्रिकले वर्षभरी गरेका कामको समिक्षा गरी आगामी कार्यकालको लागि योजना समेत तय गर्ने भएकोले यो सम्मेलनको महत्व भएको डिस्टिक गर्भनर मुकुट ढकालले जानकारी दिए ।

डिस्टिकको आगामी नेतृत्वको लागि बिनोदकुमार श्रेष्ठ गर्भनर, ज्ञानेन्द्रकुमार श्रेष्ठ प्रथम भाईस डिस्टिक गर्भरन र टिकाराम चपाई द्वीतिय भाईस गर्भनरको उम्मेदवार रहेको र तीनै जनाको प्रतिद्वन्दी नभएपनि आ–आफ्नो पदमा विजयी हुन ५१ प्रतिशत एस मत पाउनु पर्ने व्यवस्था रहेको छ ।


उनले आफ्नो कार्यकालमा लायन्स अन्तराष्टियबाट नेपालमा रहेका लयान्सका १५ डिस्टिकलाई २२ लाख डलरको प्रोजेक्ट आएकोमा लायन्स अन्तराष्ट्रिय डिस्टिक ३२५ एनलाई मात्र झण्डै आधा प्रोजेक्ट परेको जानकारी दिदै विश्व भरीका लायन्स डिस्टिकहरुमध्ये सामाजिक कार्य, सदस्यता बृद्धिलगायतको कार्यबाट टप १० भित्र पर्न सफल भएको बताए ।

लायन्सले भोकमरी, मधुमेह, बालक्यान्सर, आँखा उपचार, विपदलगायतमा स्वस्फूर्त परिचालित भई काम गर्छ । सम्मेलन शनिबार नै सम्पन्न हुने बताईएको छ ।

सो कार्यक्रममा पूर्व अन्तराष्ट्रिय डाईरेक्टर संञ्जय खेतान, पूर्व डिस्टीक गर्भनरहरु सिवि चन्द, मधुसूदन शर्मा, सेमराज शाक्य लगायतका लायन्स लिडरहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बझाङमा एमालेको अग्रता, माओवादी दोस्रो स्थानमा

१५ बैशाख २०८१, शनिबार १३:४५
बझाङ्ग :  बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता कायम राखेका छन् । आइतबार दिउँसोदेखि मतगणना सुरु भएको बझाङमा ४२१५ सदर मतमध्ये भण्डारीले १५९३ प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ९९८ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले […]

सम्बन्धित