‘सुशासन र शान्ति सुव्यवस्था कायम गर्नु सरकारको पहिलो प्राथमिकता’

सदरलाइन संवाददाता १० फाल्गुन २०८०, बिहीबार १३:४८
 

नेपालगञ्ज : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ’प्रकाश’ ले सुशासन र शान्ति सुव्यवस्था कायम गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् ।

नेपालगञ्जमा बिहीवारदेखि शुरु भएको दुई दिने लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले अपराध नियन्त्रणका लागि सरकार शून्य सहनशीलताका साथ अघि बढेको बताए । गृहमन्त्री श्रेष्ठले सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्न सरकारले स्थानीय प्रशासनलाई परिचालन गर्ने नीति लिएको बताए । श्रेष्ठले सुशासन, स्थिरता र विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्यमा जोड दिए ।

भ्रष्टाचार अहिलेको मुख्य चुनौती रहेको भन्दै उनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने दिशामा सरकार गम्भीर ढंगले लागिपरेको बताए । श्रेष्ठले सुशासन कायम गर्नका लागि समाजको सिंगो प्रणाली सकारात्मक हुन आवश्यक रहेको उल्लेख गरे ।


पछिल्लो समय वित्तीय अपराध बढेको भन्दै उनले यसतर्फ सबै सजग हुनुपर्ने बताए । गृहमन्त्री श्रेष्ठले अपराधीलाई कारवाहीको दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने बताए । उनले चनाखो भएर जनताको जीउधनको सुरक्षा गर्दै शान्ति सुव्यवस्था कायम गर्न प्रहरी प्रशासनलाई निर्देशन दिए ।

गोष्ठीमा लुम्बिनी प्रदेशका प्रहरी प्रमुख, सशस्त्र प्रमुख, १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरीका प्रमुख लगायत सुरक्षा अधिकारीहरुको सहभागिता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ट्राफिक सप्ताह शुरु

१० फाल्गुन २०८०, बिहीबार १३:४८
नेपालगञ्ज : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले आमसर्वसाधारणमा ट्राफिक सचेतना अभिबृद्धि गर्दै सडक अनुशासन कायम गर्नका लागि सबैलाई प्रेरित गर्न आवश्यक रहेको बताएका छन् । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सप्ताह २०८० को बिहीवार नेपालगञ्जमा उदघाटन गर्दै गृहमन्त्री श्रेष्ठले यस्ता अभियानले सडक अनुशासन कायम गर्दै बढ्दो […]