बाँकेमा शनिवार ७७ संक्रमित थपिए, ९० डिस्चार्ज

सदरलाइन संवाददाता १५ माघ २०७८, शनिबार १४:५०
 

नेपालगञ्ज : बाँकेमा शनिवार ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा पीसीआर प्रयोगशालामा १ सय ३५ नमुना परीक्षण भएकोमा ७७ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा ५६ जनाको नमुना जाँच गर्दा ३०, मेडिकल कलेज कोहलपुरमा ५१ जनाको नमुना जाँच गर्दा ३३ र बागेश्वरी ल्यावमा २८ नमुना जाँच गर्दा १४ जनामा भाइरस संक्रमण पुष्टि भएको केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।


संक्रमण पुष्टि भएकामध्ये बाँकेका ५० जना छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ६ सय २१ पुगेको छ । यस्तै शनिवार थप ९० जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार ६ सय ४५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दिया बढैयातालका जुठिमाया, धनशरा र धनमाया भन्छन : राहतले ज्यान बचायो !

१५ माघ २०७८, शनिबार १४:५०
बढैयाताल (बर्दिया) : बर्दिया बढैयाताल गाउपालिका वडानं.८ शिवालय टोलकी ७० वर्षिया जुठिमाया गुरुङ्ग एकल महिला हुन । सम्पतिका नाममा रहेको ऐलानी जमिनमा बनेको खरले छाएको झुप्रो छ । त्यो पनि ठूलो हावाहुरी आउदा र झरी पर्दा ज्यान जोगाउन अर्कैको घरमा आश्रय लिनु पर्ने बाध्यता छ उनलाई । जीवनको ७०औ वसन्त […]