सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

१९ जेष्ठ २०७७, सोमबार ०७:१२
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपालगञ्जबाट सल्यान जाँदै गरेको हाइसबस पूर्वपश्चिम राजमार्गमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परि दुर्घटनामा २१ जना घाइते भएका छन् ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज तथा प्रहरी नायव उपरिक्षक कुलदिप चन्दले दिएको जानकारी अनुसार नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किदा आईतबार राती सवा १२ बजे हाइस दुर्घटनामा परेको थियो ।


सो दुर्घटनामा परी एघार जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृतक १२ जनाकै शव भेरी अस्पतालमा रहेको छ ।
सो दुर्घटनामा परी ज्यान गुमाउनेको प्रहरीले मृतकको सनाखत गर्दैछ । घाइतेहरुको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ ।

भेरी अस्पताल, नेपालगञ्जका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले सो घटनामा एघार पुरुष र एक महिलाको मृत्यु भएको बताए । अहिले २० जना पुरुष र एक महिलाको भेरीमा उपचार भइरहेको छ । तीन जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परेकाहरु भारतका विभिन्न शहरबाट आएका थिए ।

Next Post

दुर्घटनामा ज्यान गुमाएकाको कोरोना जाँच गरिँदै

१९ जेष्ठ २०७७, सोमबार ०७:१२
सदरलाइनडटकम, कोहलपुर : बाँकेको राप्तीसोनारी गाउँपालिका २ ठुरिया जंगलमा हाइस दुर्घटनामा मृत्यु भएकालाई कोरोना भए नभएको पुष्टि गर्न स्वाब लिइएको छ । भारतबाट नेपालगन्जको जमुनाह नाकाबाट भित्रीयका ३३ जनालाई लिएर सल्यान हिडेको हाइस गएराती ट्रकमा ठोक्किएर दुर्घटना हुँदा १२ जनाको ज्यान गएको थियो । २१ जना घाइते भएका छ्न । […]

सम्बन्धित