बाख्रालाई करणी गरेको आरोपमा एक पक्राउ

सदरलाइन संवाददाता १० माघ २०७८, सोमबार १४:३७
 

नेपालगञ्ज : कञ्चनपुरमा बाख्रा करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० टोटीका अन्दाजी २२ वर्षीय मनोज खुना बाख्रा करणी गरेको आरोपमा आइतबार पक्राउ परेका थिए ।

बाख्रा धनीको निवेदनको आधारमा पक्राउ गरी अनुसन्धानको कार्य भइरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए ।


खुनाले शुक्लाफाँटा–६ कसरौलका तर्कराज भट्टको सुत्केरी बाख्रीलाई आइतवार करणी गरेको आरोप लागेको हो । करणीपछि बाख्रा मरेको छ । भट्टले बाख्राको मूल्य बराबरको रकम लिएको बताएका छन् ।

खुनालाई यसअघि गाई करणीको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । पशुको करणी गरे गराए १ वर्ष कैद र १० हजार जरिमाना हुने कानुनी व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा परीक्षण भएकामध्ये ७० प्रतिशतबढीमा कोरोना

१० माघ २०७८, सोमबार १४:३७
नेपालगञ्ज : बाँकेमा सोमवार परीक्षण भएकामध्ये ७० प्रतिशतबढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा एक सय ९५ नमुना परीक्षण भएकोमा एक सय ३७ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ । भेरी अस्पतालमा एक सय २३ जनाको नमुना जाँच गर्दा […]