सडक कालोपत्रेको माग गर्दै खजुरामा प्रदर्शन

सदरलाइन संवाददाता ५ फाल्गुन २०७८, बिहीबार १५:३२
 

नेपालगञ्ज : बाँकेको खजुराका स्थानीयले सडक कालोपत्रे हुनुपर्ने माग गर्दै बिहीवार राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका छन् । खजुरा बजारमा निर्माण भइरहेको १८ सय मिटरको फोरलेन सडक तत्काल कालोपत्रे हुनुपर्ने माग गर्दै स्थानीयले नेपालगन्ज–गुलरिया राजमार्ग अवरुद्ध गरेर बिरोध प्रदर्शन गरेका हुन् ।

उक्त सडक निमार्णको जिम्मा गजुरमुखी कन्स्ट्रक्सन प्रालीले चार वर्ष अघि लिएको हो । तर अहिलेसम्म सडक पीच नहुँदा स्थानीय रुष्ट भएका छन् । राजमार्गमा गरिएको बेस समेत उप्किएपछि धुलो उडेर स्थानीयले सास्ती खेप्नु परेको छ ।

पैदल हिड्नेदेखि साइकल र मोटरसाइकलमा सवार गर्नेहरुले पनि धुलोको सामाना गर्नु परेको छ । चिसोको कारण राजमार्गमा गरिएको बेस उप्किएको सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख होमबहादुर एसीले बताए ।


सडक निर्माणको जिम्मा पाएको गजुरमुखी कम्पनीले म्याद थप गर्न सडक डिभिजनलाई पत्र लेखेका छ । सडक डिभिजनपनि म्याद थप्ने प्रक्रियामा छ । चैतभित्रमा सम्पन्न गर्नेगरी म्याद थपको तयारी भइरहेको एसीले बताए ।

खजुराको धनौली चौकीदेखि खजुरा एक नम्बरसम्मको १८ सय मिटर सडक पीच गरिन लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके कुष्ठरोगको उच्च जोखिममा

५ फाल्गुन २०७८, बिहीबार १५:३२
नेपालगञ्ज : बाँके कुष्ठरोगको उच्च जोखिममा देखिएको छ । सरकारले १२ बर्षअघि नै नेपालमा कुष्ठरोग निवारण घोषणा गरेपनि बाँके भने अहिलेपनि कुष्ठरोगको उच्च जोखिममा देखिएको छ । कुष्ठरोग जोखिमको हिसावले बाँके देशकै दोस्रो स्थानमा छ । लुम्बिनी प्रदेशको कपिलबस्तु जोखिमको हिसावले पहिलो स्थानमा छ । प्रति १० हजारमा एकजना भन्दा […]

सम्बन्धित