खजुरामा खुल्यो व्यायाम सेन्टर

१ माघ २०७६, बुधबार १०:२५
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : युवाहरुको मागलाई दृष्टिगत गर्दै बाँकेको खजुरामा व्यायाम सेन्टर सञ्चालनमा आएको छ । पछिल्लो समय युवाहरुहरुमा शारीरिक सुन्दरताको माग बढेका कारण व्यायम सेन्टरहरुमा युवाहरुको उपस्थिति बढ्दो छ । सोही मागलाई ध्यानमा राख्दै खजुरा गाउँपालिकाको वडा नं. ३ स्थित इलाका प्रहरी कार्यालय धनौली नजिक युनिभर्सल भिआइपी फिटनेश टाइम सेन्टर सञ्चालनमा ल्याएको हो ।
सो फिटनेस सेन्टर स्थानीय युवा अनिस खान र शादिक खानले सञ्चालनमा ल्याएका हुन । सोमबारबाट शुरु भएको व्यायम सेन्टरमा महिला र पुरुषका दुबलाई व्यायामका सामाग्रीहरु उपलब्ध छ । सेन्टरका प्रोप्राइटर शदिक खानका अनुसार व्यक्तिगत तालिम, बडी बिल्डिङ्ग, एरोबिक, फिटनेश, लुज वेट र जुम्मा डान्सका सुबिधाहरु उपलब्ध हुनेछ ।
खजुरा क्षेत्र आसपासका व्यायम गर्न चाहने युवाहरुले अब सहजै व्यायम गर्न पाउने छन् । नियमित व्यायम गर्नले शरीर चुस्तदुरुस्त रहने गर्छ । सेन्टरमा सहजै व्यायमका लागि कम शुल्कमा प्रवेश पाउने सकिने प्रोप्राईटर शदिकले बताए । व्यायम सेन्टरमा व्यायम गर्नका लागि आवश्यक सबै प्रकारका सामानहरु रहेको जनाइएको छ । तस्बीर : गुगलबाट

Next Post

मुख्यमन्त्री पोख्रेल र चिनिया राजदूतबीच भेटवार्ता

१ माघ २०७६, बुधबार १०:२५
सदरलाइनडटकम, बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसंग बुधवार नेपालका लागि चीनका राजदूत होउ यान्छीले भेट गरेकी छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत यान्छीले माघी पर्वको शुभकामना दिदै प्रदेश पाँचले आर्थिक विकासमा हासिल गरेको उपलब्धीप्रति बधाई दिइन् । मुख्यमन्त्रीले नेपाल र चीनलाई बौद्ध संस्कृतिले जोडेको चर्चा […]

सम्बन्धित