एमाले अध्यक्ष ओली र उनीकी पत्नी राधिकालाई कोरोना संक्रमण

सदरलाइन संवाददाता ९ माघ २०७८, आईतवार १३:१९
 


काठामाण्डौ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण देखिएको छ । शनिवार गरिएको पिसिआर परीक्षणमा अध्यक्ष ओलीलाई पोजिटिभ देखिएको सचिवालयले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आराम गरिरहेको सचिवालयले जनाएको छ ।

अध्यक्ष ओलीलाई पहिलो पटक कोरोना संक्रमण भएको हो । उच्च सावधानी अपनाउँदै आएका पूर्वप्रधानमन्त्री ओली यसपटक तेस्रो लहरमा भने संक्रमित बन्न पुगे । अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्यलाई पनि कोरोना संक्रमण देखिएको छ । दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।


अध्यक्ष ओलीलाई कोरोना पोजेटिभ देखिएका कारण आज हुने भनिएको पत्रकार सम्मेलन स्थगित भएको हो । अध्यक्ष ओलीले समसामयिक राजनीतिक परिस्थितीका बारेमा व्यक्त गर्ने धारणा वक्तव्य मार्फत एमालेले केहीबरेमा सार्वजनिक गर्ने सचिवालयले जनाएको छ । फोटो : समाजिक सञ्जालबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आइतवार नेपालगञ्ज उपमहानगरपालिका बन्द

९ माघ २०७८, आईतवार १३:१९
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ का वडा सदस्य जाफर हुसैन अन्सारीको निधनमा आइतवार नेपालगञ्ज उपमहानगरपालिका बन्द भएको छ । उपमहानगरपालिकाद्वारा जारी सूचनामा अन्सारीको निधनप्रति शोक व्यक्त गर्दै आज नेपालगञ्जका २३ वटै वडा कार्यालयहरु समेत बन्द गरिएको जनाइएको छ । साथै सूचनामा अत्यावश्यक कार्य भने हुनसक्ने उल्लेख गरिएको छ […]