बाँके बन्यो कोरोनाको हटस्पट, १३० जनामा संक्रमण पुष्टि

सदरलाइन संवाददाता ५ माघ २०७८, बुधबार १५:२६
 

नेपालगञ्ज : बाँकेमा बुधवार १ सय ३० जनामा कोरोना पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १ सय ६७ जनाको पीसीआर परीक्षण गर्दा १ सय ८ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा १ सय १ जनाको नमुना जाँच गर्दा ७०, मेडिकल कलेज कोहलपुरमा ५३ जनाको नमुना जाँच गर्दा ३२ र बागेश्वरी ल्यावमा १३ नमुना जाँच गर्दा ६ जनामा भाइरस संक्रमण पुष्टि भएको केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका ७७ जना छन् । उनीहरु अधिकांश नेपालगञ्ज र कोहलपुर, खजुरा बजार क्षेत्रका हुन् । सबैभन्दा बढी नेपालगञ्जका छन् । परीक्षण भएकामध्ये नेपालगञ्जका मात्रै ८० प्रतिशत बढी संक्रमित छन् । पछिल्लो दिनमा नेपालगञ्ज हटस्पट बनेको छ ।


योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ८ सय २२ पुगेको छ । यस्तै बुधवार थप ११ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार एक सय ८२ पुगेको छ ।

यस्तै जमुनाहा नाकाको हेल्थ डेस्कमा गरिएको एन्टिजेन परीक्षणमा २२ जनामा संक्रमण पुष्टि भएको छ । २ सय ७१ जनाको गरिएको परीक्षणमा २२ जनामा संक्रमण पुष्टि भएको फोकल पर्सन ओलीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुद्ध एयरको विमान निर्धारित समयमा ल्याण्ड हुन नसक्दा एक यात्रु वेहोस

५ माघ २०७८, बुधबार १५:२६
नेपालगञ्ज : बिहीबार बिहान काठमाण्डौबाट नेपालगञ्जको लागि उडेको बुद्ध एयरको विमान नेपालगञ्जमा निर्धारित समयमा ल्याण्डिङ्ग हुन नसक्दा त्यसमा सवार एक महिला यात्रु वेहोस भएकी छन । ६९ पेसेन्जर लिएर काठमाण्डौबाट नेपालगञ्जको लागि उडेको बुद्ध एयरको कल साईन नं 9N–AJX को जाहाज नेपालगञ्ज विमानस्थलमा झण्डै पौने घण्टा पछिमात्र ल्याण्डिङ्ग भएको थियो । […]