अबिरल वर्षातका कारण बाँकेका दर्जनबढी गाउँ डुवानमा, प्रभावितलाई सुरक्षित स्थानमा सारियो

सदरलाइन संवाददाता २० आश्विन २०७९, बिहीबार १८:४०
 

नेपालगञ्ज :  बाँकेमा बुधबारदेखि अविरल रूपमा परेको वर्षातका कारण राप्ती नदीमा बाढी निरन्तर बढिरहदा पानीको सतह खतराको चिन्ह भन्दा माथी पुगेपछि तल्लो तटिय क्षेत्रका बस्तिहरु डुबानमा परेका छन् ।

बाँकेको कुसुममा रहेको बाढीमापन केन्द्रमा बिहीबार बिहान साढे ६ बजे पानीको सतह ६.३५ मिटर र बिहान १० बजे ६.२८ मिटर कायम रहेको गेज रिडर भद्रबहादुर थापाले जानकारी दिए । यसअघि बुधबार बेलुका ७ बजेको रेकर्ड अनुसार राप्ती नदीको सतह ६.६२ मिटर कायम रहेको थियो । नदीमा पानीको सतह ५.४० मिटर पुगेपछि तल्लो तटिय क्षेत्रमा डुबान हुने खतरा मानिन्छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तिमगरले राप्तीमा निरन्तर पानीको सतह बढेपछि तल्लो तटिय क्षेत्रमा बाढीको खतराबाट जोगाउन निरन्तर रूपले साइरन बजाउने, तथा बाढी प्रभावितहरुलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए ।


उनले राप्तीको तल्लो तटिय क्षेत्र फत्तेपुर, गंगापुर, होलिया, बेतहनी, कम्दी लगायत स्थानमा बाढीले डुबान गर्ने खतरा भएकोले राप्तीको तल्लो तटिय क्षेत्रका सर्वसाधारणलाई सर्तकता अपाउन आग्रह गरेको बताए ।

उनले निरन्तरको वर्षातको कारण राप्तीनदीमा आएको बाढी डुडुवा गाउपालिका १ का छिटैपुरवा, कृर्षि चौफेरी, चौफेरी लगायतका गाउमा पसेर डुबान भएपछि करिव ८० घरधुरीका स्थानीयहरुलाई गाउपालिकाको सामुदायिक भवनमा राखिएको जानकारी दिए ।

उनले बढीको कारण समाचार तयार पार्दासम्म कुनै पनि मानविय तथा पशुचौपाय क्षति नभएको र नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्दारको लागि प्रभावित क्षेत्रमा खटाईएको जानकारी दिए ।

राप्तीको बाढीले धानबालीमा भने क्षति गरेको छ । पाकेर तयार भएको र काटिसकेको धान बालीलाई अविरल वर्षा र राप्तीको बाढीले क्षति गरेको हो । भारतले अन्तराष्ट्रिय कानुन विपरीत निर्माण गरेको लक्ष्मणपुर बाँध, कलकलवा बाँधका कारण हरेक वर्ष ठूलो बाढी आउने बित्तिकै बाँकेका आधा दर्जन बढी गाउँ डुब्दै आएका छन । बाढीका कारण हजारौं बिघा खेतीयोग्य जमिन कटान र पटान भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लगातारको वर्षातका कारण बाँकेको नरैनापुर जलमग्न सचेत रहन गउपालिका अध्यक्ष शाहको आग्रह

२० आश्विन २०७९, बिहीबार १८:४०
नरैनापुर (बाँके) : लामोसमय खडेरीको सामना गरेको बाँकेको नरैनापुर गाउपालिका बुधबारदेखिको अविरल वर्षातका कारण जलमग्न भएको छ । दुई दिनदेखिको अबिरल वर्षातको कारण नरैनापुरको वडा नं. १ बनियागाँउ, ४ को घोडदौरिया, ५ को जमुनहा, ६ को दोँदरामा रहेका घरहरुका पानी पसेर जनजीवन प्रभावित भएको छ । गाँउपालिका अध्यक्ष इश्तियाक अहमद […]