नेपालगञ्जमा एकजनाको शव भेटियो

सदरलाइन संवाददाता ४ माघ २०७८, मंगलवार १६:१४
 

नेपालगञ्ज : नेपालगञ्जमा मंगलवार एक जना मृत फेला परेका छन् । नेपालगञ्जको वडा नम्बर १२ मा एक जना भारतीय नागरिक मृत अवस्थामा फेला परेका हुन् ।

भारतको बहराइच घर भई लामो समयदेखि नेपालगन्ज वडा नं.१७ बस्दै आएका अन्दाजी ३०÷३२ बर्षीय प्रेम पासी नयाँ बस्तीको दक्षिण तर्फको नाला नजिक मृत अवस्थामा फेला परेको बाँके प्रहरीले जानकारी दिएको छ ।


घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव भेरी अस्पतालको शवगृहमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ५५ प्रतिशतले लगाए खोपको पूर्णमात्रा

४ माघ २०७८, मंगलवार १६:१४
नेपालगञ्ज : बाँकेमा ५५ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । १८ वर्षमाथिका खोप लगाउने लक्षित वर्ग चार लाख ६ हजार ६५ जना र १२ देखि १८ वर्ष उमेर समूहका ७९ हजार ८ सय ३६ जनालाई खोप लगाउने लक्ष्य रहेको छ । तिमध्ये ५५ प्रतिशतले खोपको पूर्णमात्रा लगाएको जिल्ला कोभिड–१९ […]

ताजा अपडेट