कानूनमन्त्री नेतृत्वको टोली जाजरकोटमा

२१ श्रावण २०७५, सोमबार १०:३६
 

सुर्खेत, कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी नेतृत्वको टोली आज पहिरो प्रभावित क्षेत्र जाजरकोट गएको छ । आइतबार जाजरकोटमा पहिरो जाँदा नौ जनाको मृत्यु भएको थियो ।

आइतबार प्रदेशसभाको बैठकमा सभा सदस्यले जाजरकोट पहिरोको घटनाबाट पुगेको जनधनको क्षतिबारे सरकारको ध्यानाकर्षण गराएका थिए । प्रभावित क्षेत्र भेरी नगरपालिका–३ जाजरकोट पुगेर आजै प्रतिपरिवार रु २५ हजार, खाद्यान्न र लत्ताकपडा वितरण गरिने मन्त्री भण्डारीले जानकारी दिए । “प्राविधिकसहितको टोली लिएर घटनास्थल जाजरकोट जाँदैछौंँ, त्यहाँ पुगेर घटनाको विस्तृत अध्ययन गर्छौं र पीडित परिवारका लागि राख्न लायकको ठाउँको छनोट गरी तत्काल बस्ने व्यवस्था मिलाउँछौँ,” उनले भने । त्यसका साथै जोखिमस्थलको अनुगमन गरी त्यस क्षेत्रका घरपरिवारलाई पनि वैकल्पिक व्यवस्था मिलाइने कानूनमन्त्री भण्डारीले बताए ।


मन्त्री भण्डारीसहित जाजरकोटबाट निर्वाचित प्रदेशसभा सदस्यत्रय गणेशप्रसाद सिंह, कृष्णा शाह र कौशिलावती खत्री पनि प्रभावित क्षेत्रतर्फ जाएका छन् ।

Next Post

नयाँ वर्षबाट फाइभ जी, कसरी काम गर्छ ?

२१ श्रावण २०७५, सोमबार १०:३६
विश्वमा अर्को वर्ष फाइभ जी इन्टरनेट नेटवर्क सुरुअात हुने भएको छ । आउँदो वर्षको सुरुमै विश्वका केही विकशित देशहरुमा फाइभ जी सेवा सुरु हुने र यसले इन्टरनेटको स्पीड अहिलेको अधिकतम स्पीडको तुलनामा दश देखि २० गुणा सम्मले बढि हुनेछ । के फाइभ जी नेटवर्क आएजसँगै इन्टरनेट प्रयोगकर्ताको जीवनमा कुनै बदलाव […]

सम्बन्धित