शिविरबाट तीन हजार लाभान्वित

२३ चैत्र २०७५, शनिबार १४:५७
 

सदरलाइनडटकम,
डोटी : डोटीको आदर्श गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरबाट २ हजार ९ सय २१ जना लाभान्वित भएका छन् । जिल्ला प्रशासन कार्यालय डोटीको आयोजना तथा गाउँपालिकाको समन्वय र सहयोगमा तीन दिनसम्म सञ्चालन गरिएको शिविरमा ६ सय ३ जनाले नागरिकता प्राप्त गरेको गाउँपालिका अध्यक्ष टेकबहादुर रोकायाले जानकारी दिए ।
त्यस्तै शिविरबाट ६२४ जनाले मतदाता परिचयपत्र लिएका छन् भने ६८ जनाले स्वास्थ्य सेवा, ९३४ जनाले कृषिसम्बन्धी सेवा र ४४८ जनाले पशु सेवा लिएको उनले बताए । शिविरमा शारदा मध्यमिक विद्यालय मौवाका २४४ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । जिल्ला सदरमुकाम पुगेर नागरिकता लिन नसकेका मानिसहरुलाई गाउँमै गएर नागरिकता वितरण, निःशुल्क स्वास्थ्य उपचार, मतदाता परिचयपत्रलगायतका सेवा प्रदान गर्ने उद्देश्यले एकीकृत घुम्ती शिविरको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए ।
प्रशासकीय अधिकृत सन्तोष शर्माको संयोजकत्वमा सम्पन्न शिविरमा भौगोलिकरुपमा ढाटा रहेका वडा नम्बर ६ गिरीचौकीबाट नागरिकता बनाउन आएका स्थानीयलाई यातायात सुविधासमेत व्यवस्था गरिएको वडाध्यक्ष लालबहादुर खडायतले बताए ।

Next Post

कपिलवस्तुमा महिलाको शव भेटियो

२३ चैत्र २०७५, शनिबार १४:५७
सदरलाइनडटकम, कपिलवस्तु : कपिलबस्तुस्थित शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा एक महिलाको शव भेटिएको छ । स्थानीय ४० वर्षीया शुभावती लोनियाको शव शनिवार बिहान छाला फ्याक्ट्री नजिकै गहुँबारीमा भेटिएको हो । बिहीवार बिहान निस्केकी शुभावती अबेरसम्म घर नफर्कीएपछि खोजी भईरहेको थियो । उनको मानसिक अवस्था केही दिनदेखि ठीक नभएको मृतकका परिवारले बताएका छन् […]

सम्बन्धित