बाँकेमा शुक्रवार ३९ जनामा कोभिड पुष्टि

सदरलाइन संवाददाता ३० पुष २०७८, शुक्रबार १६:३२
 

नेपालगञ्ज : बाँकेमा शुक्रवार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ११४ जनाको पीसीआर परीक्षण गर्दा ३९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ५४ नमुना परीक्षण गर्दा २४, मेडिकल कलेज कोहलपुरमा ४४ नमुना परीक्षण गर्दा ८ र बागेश्वरी ल्यावमा १६ नमुना परीक्षण गर्दा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।


शुक्रवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका २६ जना छन् । योसँगै बाँकेमा कूल संक्रमितको संख्या १८ हजार ६ सय २२ पुगेको छ । नेपालगञ्ज र कोहलपुरका संक्रमित धेरै रहेको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

यस्तै शुक्रवार २ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय ६१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फत्तेपरको जंगलमा छाडिएको आहारा बाघले खाएन

३० पुष २०७८, शुक्रबार १६:३२
नेपालगञ्ज : बाँकेको राप्तीपारीस्थित फत्तेपुर जंगलमा छाडिएको आहारा पाडोलाई पाटेबाघले अझै खाएको छैन । राप्तीपारी मान्छे खाने बाघलाई नियन्त्रण गर्नका लागि फत्तेपुरस्थित सदावहार सामुदायिक वनभित्र मंगलबार र बुधबार आहारा स्वरुप दुई स्थानमा ‘पाडो’ लगेर जंगलमै बाँधिएको थियो । तर, बाघले शुक्रवारसम्म पनि आहारा नखाएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख दधिलाल […]