नापी कार्यालय भैरहवाका अमिन घुस सहित पक्राउ

सदरलाइन संवाददाता १७ जेष्ठ २०७९, मंगलवार १४:१०
 

नेपालगञ्ज : नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझी ३० हजार रुपैयाँ घुस सहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले पक्राउ गरेको हो ।


सिनपा–१२ स्थित जग्गाको हालसाविकका लागि ३० हजार घुस लिँदै गर्दा उनको निवास (पुरानो नापी कार्यालय) बाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धानका सूचना अधिकारी बेदप्रसाद भण्डारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विमान दुर्घटना : मृतक २२ जनाकै शव काठमाण्डौ ल्याइयो

१७ जेष्ठ २०७९, मंगलवार १४:१०
काठमाण्डौ : प्रतिकूल मौसमका कारण आइतबार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाण्डौ ल्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार उक्त विमानमा ज्यान गुमाएका दश जनाको शब सोमबार साँझ ल्याइएको थियो भने बाँकी रहेका १२ जनाको शव […]