बाँके निकुञ्जले आगलागि नियन्त्रणका लागि बनायो अग्नी रेखा

९ बैशाख २०७५, आईतवार १९:०७
 

सदरलाइनडटकम    

९ बैशाख, नेपालगन्ज : बाँके राष्ट्रिय निकुञ्जले गर्मीयाम सुरु भएसँगै आगलागीको जोखिम कमगर्न निकुञ्ज क्षेत्रको १ सय ४० किलोमिटर अग्नी रेखा निर्माण गरेको छ ।

निकुञ्ज क्षेत्रमा पर्ने महदेवा, कोहलपुर, चिसापानी, मुगुवा र खैरी खोला लगायतको क्षेत्रमा अग्नी रेखा निर्माण गरिएको बाँके निकुञ्जका सहयाक संरक्षक अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए ।


उनले भने–‘ गर्मी यामसंगै चल्ने हावहुरीका कारण निकुञ्ज तथा राष्ट्रिय बनमा हुनसक्ने आगलागिको जोखिम कम गर्नको लागि अग्नी रेखा निर्माण गरिएको हो ।’

  दाङको अमिलिया क्षेत्रको चुरे जंगलमा आगो फैलिएकाले बाँके निकुञ्जमा पनि आगलागी फैलिन सक्ने जोखिम बढेको छ ।

 चुरे क्षेत्रमा बाक्लो मात्रामा बाबियो खर भएकाले आगो छिटो फैलिन सक्ने खतरा बढेको सहायक संरक्षक अधिकृत भण्डारीले बताए । निकुञ्जमा आगलागी हुन नदिन स्थानीयबासी, सुरक्षाकर्मी, वन कर्मचारी सबै एक भएर तयारी गरिएको भण्डारीले जानकारी दिए ।

Next Post

रोल्पा गोरिल्लाज फाईनलमा

९ बैशाख २०७५, आईतवार १९:०७
सदरलाइनडटकम ९ बैशाख, नेपालगन्ज : नेपालगन्ज कपको सातौ दिनको खेलमा रोल्पा गोरिल्लाजले लगातार जित हासिल गर्दै फाईनलका लागि आफनो दबदबा कायम नै राखेको छ । आफनो ५ खेल खेल्दा ४ जित निकाल्दै आईतवार भएको खेलमा एबरोल टी एम टी लुम्बिनी यात्रीलाई झिनो अन्तरले हराउदै जित दर्ता गरेको हो । रोल्पा […]

सम्बन्धित