फेसबुक र फोनबाटै दलालको चुंगुलमा पर्दै किशोरी र महिला

२० पुष २०७४, बिहीबार १४:५२
 

सदरलाइन / रुद्र सुवेदी  
२० पुस नेपालगन्ज : मानव बेचविखनमा सक्रिय दलालहरुको सम्पर्क सुत्रको रुपमा फेसबुक र मोबाईल फोन हुने गरेको पाईएको छ । उनीहरुले पेशबुक र मोबाईलबाटै सजिलै किशोरी तथा महिलालई आफ्नो चुंगुलमा पार्ने गरेको पाईएको हो ।
मानव बेचविखनका बिरुद्ध क्रियाशिल माईती नेपालले सार्वजनिक गरेको तथ्याङ्ककका अनुसार मानव दललहरुले सामाजिक संजालको बढ्दो प्रयोग र मोवाइल फोनबाट सम्पर्क गरेर महिला तथा किशोरीलाई सजिलै फसाउने गरेको पाईएको हो ।
‘उद्धार गरिएका र नाकाबाट घर फिर्ता गरिएकाहरुको भनाईको आधारमा धेरैजसो महिला फेसबुक र मोवाइल फोनबाट दलालको सम्पर्कमा आएको पाईएको छ ’–माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाले भने । उनले उद्धार र नाकाबाट फिर्ता पठाइएका मध्ये १ सय १८ जनाले फेसबुकबाट सम्पर्क भएको बताएको र २ सय ११ जना महिलाले मोवाइल फोनबाट सम्पर्क भएको उद्दारपछि बयान दिएको बताए । ‘दलालले अन्दाजको भरमा मोवाइलमा फोन गर्ने र महिला भए निरन्तर फोन गरेर सम्पर्क बढाउने गरेको पाइयो’ कोइरालाले भने–‘ यसैगरी फेशबुकमा साथी बन्ने र साथी बनेकै आधारमा हिमचिम बढाउने गरेको पाईएको छ ।’ उनले शिक्षित, सम्भ्रान्त परिवारका महिला तथा किशोरी सजिलै यो माध्यामबाट दलालको पञ्जामा पर्ने गरेको आफुहरुको अध्ययनले जनाएको बताए ।
उनले गत वर्ष यता माइती नेपाल नेपालगन्जले ६७ जना महिला र बालबालिकाको उद्धार गरेको जानकारी दिदै भने–‘यो वर्ष भारतबाट ६६ जना र खाडिक्षेत्र बाट १ जना गरी ६७ जनाको उद्दार गरिएको छ । यसमा बाँकेका ४ जना महिला रहेका छन ।’
माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले सन् २०१७ को एक वर्षमा श्रम र यौन शोषणमा परेका ६७ जनाको विभिन्न देशबाट उद्धार गरिएको बताए । सन् २०१६ मा श्रम र यौन शोषणमा परेका २६ जनाको उद्धार भएको थियो ।
खोज तलासका निवेदन र फेला पर्नेको संख्या पनि गत बर्षको तुलनामा बढेको माइती नेपाल नेपालगन्जले जनाएको छ । सन् २०१६ मा ७३१ वटा खोजतलासको निवेदन परेकोमा ११३ जना फेला परेका थिए । सन् २०१७ मा खोजतलासका ८३४ वटा निवेदन परेको र १५४ जना फेला परेको संयोजक कोइरालाले बताए ।
उनले जोखिमपूर्ण यात्रामा रहेका १ हजार ७१ जनालाई सीमा नाका जमुनहाबाट उद्धार गरि आवधिक गृहमा प्रवेश गराइएको जानकारी दिँदै एक बर्षको अवधिमा १ हजार ११६ जनालाई परिवारिक पुनर्मिलन गराइएको बताए । उनले जोखिमपूर्ण यात्रा गरि रहेका बाँकेका १९० जना महिला र बालबालिकालाई जमुनहा नाकाबाट घर फिर्ता पठाइएको छ । ‘पहिलेको भन्दा आवागन गर्ने यूवायूवतीको संख्या बढेको छ, यसले पनि अघिल्ला बर्षको भन्दा निवेदन र फिर्ता गरिएको संख्या धेरै देखिएको छ,’ उनले भने ।
माइती नेपालले सार्वजनिक गरेको तयाङ्कका अनुसार घरेलु हिंसाका घटनामा भने कमी आएको जनाएको छ । सन् २०१६ मा ३० वटा घरेलु हिंसाका घटना भएको थियो । भने सन् २०१७ मा २० वटा घरेलु हिंसाका घटना भएको माइती नेपालको तथ्यांकले देखाउँछ । ‘सचेतना र शिक्षाले घरेलु हिंसाका घटनामा कमी भएको हो की भन्ने हाम्रो बुझाई छ,’ कोइरालाले भने ।
उनले एक बर्षको अवधिमा मानव वेचविखनका ४ वटा मुद्धा दर्ता भएकोमा एउटा पनि फैसला हुन नसकेको बताए । उनले बेचविखनमा परेका महिलाको उद्धार भएपनि मानव वेचविखनका मुख्य नाइके फेला पर्न नसकेको जानकारी दिए । ‘मुख्य नाइके फरार रहेकोले फैसला हुन ढिलाई भएको हो,’ उनले भने ।

Next Post

प्रित टेक्टरको नेपालगन्जमा विक्रि प्रबद्र्धनको लागि रोड शोे

२० पुष २०७४, बिहीबार १४:५२
सदरलाइनडटकम २० पुस, नेपालगन्ज : प्रीत टेक्टरले नेपालगन्जमा रोड शो सुरु गरेको छ । बिहिवार एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रित टे«क्टरका कन्ट्री म्यानेजर प्रकाशसिंह राठोर र यूनाइटेड मोटर्स सप्लायर्स प्रालिका मार्केटिगं म्यानेजर डम्बर बिसीले संयुक्तरुपमा रोड शोको उद्घाटन गरेका छन् । त्यस पश्चात दर्जनौ प्रीत टे«क्टरले नेपालगन्ज लगायत बिभिन्न […]