खजुरा गाउँपालिकाको १० औं गाउँसभा सम्पन्न

सदरलाइन संवाददाता २९ पुष २०७८, बिहीबार १६:११
 

खजुरा (बाँके) : खजुरा गाउँपालिकाको १० औं गाउँसभाले विभिन्न नीति तथा विधेयक पारित गरेको छ ।

सभाको प्रारम्भमा खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले आर्थिक वर्ष २०७८÷०८९ को वार्षिक नीति तथा कार्यक्रम बमोजिम हालसम्म गाउँपालिकाबाट भएका कार्य सम्पादनको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।


उपाध्यक्ष एकमाया विकले १० औं गाउँसभामा सभा सदस्यहरुलाइ स्वागत गर्नुका साथै प्रगति प्रतिवेदन प्रस्तुत गरिन् ।

सभामा विधायन समितिकी संयोजक योगमाया खनालले प्रस्तुत गरेको स्वास्थ्य तथा सरसफाइ विधेयक २०७८, कृषि तथा पशुपंछी विधेयक २०७८, सुशासन (व्यवस्थापन तथा सञ्चालन) विधेयक २०७८, समुदायका सबै बालबालिकाहरुका लागि समावेशी विद्यालय शिक्षा नीति २०७८ छ्लफलसहित पारित भएको छ । सभामा वडा तथा पालिकास्तरका केही योजना संशोधन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीपारी नरभक्षी बाघ कुर्दै प्राविधिकसहितको टोली

२९ पुष २०७८, बिहीबार १६:११
नेपालगञ्ज : बाँकेको राप्तीपारी आतंक मच्चाइरहेको बाघको सम्भावित स्थान पत्ता लागेपनि अझैसम्म नियन्त्रणमा लिन सकिएको छैन । बाघलाई नियन्त्रणमा लिन आहाराका रुपमा जंगलमा पाडो राखेपनि अहिलेसम्म खान नआएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख दधिलाल कँडेलले बताए । बाघलाई खोज्न डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृती संरक्षण कोषका स्वास्थ्य […]

सम्बन्धित