बाँकेमा फेरी बाघको आक्रमणबाट एकजना घाइते

सदरलाइन संवाददाता २१ पुष २०७८, बुधबार १५:५५
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका–४ बैजापुरको नयाँबस्तीका दुर्गा थारु पाटे बाघको आक्रमणबाट जोगिएका छन् । बैजापुरको कोल्टेखोला जङ्गलमा पात टिप्न गएका थारुलाई बुधवार मध्यान्ह १२ बजेतिर पाटे बाघले झम्टेको र प्रतिकार गर्दा आफु बाँच्न सफल भएको बताए ।

बाघको प्रतिकार गर्दा उनको दुवै हातमा बाघले कोतरेको छ । शरीरका अन्य भागमा समेत घाउचोट लागेका थारुको बैजापुर स्थित राप्तीसोनारी अस्पतालमा प्राथमिक उपचार गरिएको छ ।


राप्तीसोनारी अस्पतालका चिकित्सक डाक्टर राम शाहका अनुसार बाघ आक्रमणबाट घाईते भएका थारुको अवस्था सामान्य रहेको छ । यसअघि पुष ३ गते जनसिद्धेश्वर बहुमुखी क्याम्पस फत्तेपुरका प्रमुख लोकमणी बटालालाई पनि बाघले आक्रमणको प्रयास गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीको जंगलमा सवारीसाधन रोकी अभद्र व्यवहार गर्ने ६ जना पक्राउ

२१ पुष २०७८, बुधबार १५:५५
नेपालगञ्ज : बाँकेको कोहलपुर–कुसुम सडकखण्ड अन्तर्गत राप्तीसोनारीको जंगलमा सवारीसाधन रोकी अभद्र व्यवहार गर्न खोज्ने ६ जनाको समुहलाई बाँके प्रहरीले पक्राउ गरेको छ । मंगलवार राती सात बजेतिर अगैयाभन्दा पूर्व सिक्टा र गाभरको जङ्गलमा सवारी साधनलाई जवरजस्ती रोकेर पैसा माग्ने र अभद्र व्यवहार गर्ने ६ जनाको समुहलाई प्रहरीले नियन्त्रणमा लिएको हो […]