कोहलपुर (बाँके) : बाँके क्षेत्र नम्बर–१ मा नेकपा (एमाले)का प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य ढकाल बलियो बन्दै गएका छन् । मतदानको केही दिन बाँकी रहदै गर्दा नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार ढकाल बलियो बन्दै गएका हुन् ।
कोहलपुर क्षेत्रबाट नेपाली काँग्रेसको आधा भन्दा धेरै मत ढकाललाई दिने स्रोतले जनायो । चुनावी प्रचारप्रसारमा आक्रमक बनेका सूर्यका पक्षमा मतदाता खुल्दै गएकाछन् । ढकालको पक्षमा उत्साहपूर्ण मतदाताको साथ बढ्दै गएपछि उनी बलियो बन्दै गएका हुन् ।
यतिमात्र होइन बाँँके क्षेत्र नम्बर–१ को कोहलपुरसंगै राप्तीसोनारी र नरैनापुर गाउँपालिकाबाट समेत धेरै मात्रामा मत जाने भएपछि यतिबेला उनी बलियोसंगै निर्विकल्प नेताको रुपमा चिनिन थालेका छन् । कोहलपुर नगरपालिका, राप्तीसोनारी र नरैनापुर गाँउपालिका मिलेर बनेको क्षेत्र नम्बर १ मा एमालेका युवा नेता ढकालको पक्षमा मतदाता खुल्दै गएपछि उनी उत्साहित बनेका छन् ।
निर्वाचन केन्द्रित प्रचार–प्रसार गरिरहेका युवा नेता ढकालको पक्षमा कोहलपुर क्षेत्रका ठूलो संख्यामा रहेका नखुलेका मतदाताको साथ समेत बढ्दै गएकोछ । ढकालका पक्षमा गाउँबस्तीबाट युवादेखि बृद्ध उमेरका मतदाताको उत्साहपूर्ण साथ देखिएको हो ।
वितेको ५ वर्षमा जितेर गएका जनप्रतिनिधि फर्केर नआएकोले आगामी मङिसर ४ गते प्रतिनिधिसभामा सूर्य ढकाललाई जिताएर देखाइदिने कोहलपुर १० विद्यानगरका एक मतदाताले बताए । नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल छ । सोही तालमेलमा यतिबेला नेकपा एमाले र राप्रपाले संयुक्त चुनावी आमसभा गरिरहेका छन् ।
गाउँबस्तीबाट ठूलो सङ्ख्यामा मतदाताको उत्साहपूर्ण सहभागि बढ्दै गएकोले युवा नेता ढकाललाई जिताउन गाउँ–गाउँ बस्तीबाट लाग्ने उनीहरुको प्रतिवद्धता छ । एमाले केन्द्रिय सदस्य समेत रहेका सूर्य ढकालले बाँके क्षेत्र नम्बर–१ का जनताले परिवर्तन चाहेकाले यसपटक आफूले जित्ने दाबी गरे । उनले एमाले नेतृत्वको सरकारका पालामा भएका कामलाई पनि गहतराजले आफूले गरेको भनेर जस लिन खोजेको आरोप लगाए ।
उनी भन्छन्, ‘राप्तीसोनारी, नरैनापुर, कोहलपुर क्षेत्रमा जनताको सेवा सुविधाका लागि मैले धेरै पसिना बगाएको छु, यहाँ जेजति विकासका भएका छन् उहाँले (गहतराजले) मात्रै गरेर सम्भव हुने कुरा होइन । ती काममा मेरो पनि पहल छ ।’ ‘कोहलपुर, राप्तीसोनारी र नरैनापुरमा मैले राजनीतिको धेरै समय र पसिना बगाएको छु, प्रत्येक टोल, बस्ती र घर–घरमा पुगेको छु, त्यसैले मप्रति मतदाताको उत्साहपूर्ण साथ बढेको हो’ ढकालले अगाडी थपे–‘म जनताको काम गर्ने व्यक्ति हुँ, यहाँका जनताले काम नगर्ने व्यक्तिलाई बोकेर हिँड्दैनन् । अवसरबादीहरुलाई मतदाताले तह लगाउनुपर्छ । त्यो दिन छिटै आउँदैछ ।’
यस्तै बाँके क्षेत्र नम्बर– १ प्रदेश ‘क’ प्रदेशसभा सदस्य उम्मेदवार नरेन्द्र पौडेलले राष्ट्रिय स्वाभिमान, विकास र समृद्धिको लागि बाँके क्षेत्र नम्बर–१ मा नेकपा एमाले र राप्रपाको गठबन्धन विजयी हुन आवश्यक रहेको बताए ।
उनले भने –‘पटक–पटक अरुलाई हेरियो, बुझियो यसपटक जनताले हामीहरुलाई साथ दिनुहुनेछ । हामीलाई मत दिएर जिताउनु भनेका आफुहरुलाई न्याय गर्नु हो ।’ नेकपा एमाले र राप्रपाप्रतिको मतदातामा बढेको उत्साहलाई विजयीको संकेतका रुपा हेरेको पूर्वमन्त्री एवम् राप्रपाबाट प्रतिनिधिसभा समानुपातिक उम्मेदवार प्रेमबहादुर भण्डारीले बताए ।
बाँके क्षेत्र नं. १ मा यसपटक नेकपा एमाले र राप्रपाका उर्जावान युवा उम्मेदवारको पक्षमा जनमत रहेको उल्लेख गर्दै जनता ढाँट्ने नेतालाई तह लगाउनकै लागि भएपनि नेकपा एमाले र राप्रपा गठबन्धनका उम्मेदवारलाई मतदान गरिनु पर्छ ।
संयुक्त गठबन्धनको प्रचार–प्रसारमा सहभागि भएका नेकपा एमाले केन्द्रिय सदस्य शान्ति ढकाल, केन्द्रिय निर्वाचन आयोग सदस्य विजया धिताल, बाँके उपाध्यक्ष डिल्ली बिसी, राप्रपा केन्द्रिय सहमहान्त्री ऋषिराज देवकोटा लगायतले बाँके क्षेत्र नम्बर– १ को समग्र विकासका लागि सूर्य ढकाल र नरेन्द्र पौडेललाई विजयी बनाउन जनता आतुर रहेको बताए ।
राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा नेकपा एमालेको संगठन राम्रो रहेको छ । यी दुई स्थानीय तहका ९ वडामा एमालेले जीतेकोछ । १ वडा जीतेको राप्रपासँग तालमेल र एमाले उम्मेदवार ढकालको लोकप्रियताले आफुहरु जीतको नजिक पुगेको एमाले क्षेत्र नम्बर– १ निर्वाचन परिचालन कमिटीका संयोजक बलराम भट्टराइले बताए ।