पत्रकार महासंघ बाँकेले एम्बुलेन्स किन्ने

सदरलाइन संवाददाता ३१ बैशाख २०७८, शुक्रबार १७:१४
 

नेपालगञ्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाले एम्बुलेन्स खरिद गर्ने भएको छ । महासंघ बाँके शाखाले कोरोना महामारीलाई मध्यनजर राख्दै पत्रकार तथा आमनागरिकलाई सर्वसुलभ सेवा प्रदान गर्न एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको हो ।

अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा आज बसेको बैठकले मुनाफारहित सेवाभावले खरिद गर्न लागिएको एम्बुलेन्सको आर्थिक व्यवस्थापनका लागि उपाध्यक्ष संगीन शर्माको संयोजकत्वमा सात सदस्यीय ‘आर्थिक सहयोग संकलन समिति’ गठन गरेको छ । साथै एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गर्न सम्पूर्ण पत्रकार, सञ्चारगृह, उद्योगी, व्यवसायी, समाजसेवी, सरकारी÷गैरसरकारी निकाय सबैलाई आव्हान गरिएको छ ।


बैठकले नेपाल पत्रकार महासंघ बाँकेको अनुरोधमा बाँकेका पत्रकारहरुलाई निःशुल्क स्वास्थ्य उपचार तथा परामर्श गरिरहनुभएका नेपालगञ्ज मेडिकल कलेजका फिजिसियन÷फोक्सो रोग विशेषज्ञ डा.सुभाष योगी र स्वास्थ्य सामग्री प्रदान गर्नुहुने सबैमा धन्यवाद तथा आभार प्रकट गर्दै निरन्तर सहकार्यका लागि अनुरोध गरेको सचिव कमल डाँगीद्वारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ ।

साथै बैठकले इस्लाम धर्माबलम्बीहरुको ‘ईद–उल–फित्र’को अवसरमा सम्पूर्ण सञ्चारकर्मी एवं नेपालीहरुमा शुभकामना व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ३२३ जना कोरोनामुक्त भई डिष्चार्ज

३१ बैशाख २०७८, शुक्रबार १७:१४
नेपालगञ्ज : बाँकेमा शुक्रवार ३ सय २३ जना कोरोना संक्रमणबाट मुक्त भई डिष्चार्ज भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीका अनुसार १७५ पुरुष र १४८ महिला डिष्चार्ज भएका हुन् । यो संगै बाँकेमा ११ हजार १ सय ७२ जना निको भई डिष्चार्ज भएका छन् । […]