बाँकेमा आइतवार कोरोना संक्रमण दर शून्य

सदरलाइन संवाददाता १८ पुष २०७८, आईतवार १३:२५
 

नेपालगञ्ज : बाँकेमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण दर शून्य भएको छ । आइतवार जिल्लाका तीनवटा प्रयोगशालामा ५६ जनाको नमुना परीक्षण गर्दा कसैलाई पनि कोरोना संक्रमण पोजेटिभ नदेखिएपछि संक्रमण दर शून्य भएको हो ।

भेरी अस्पतालमा १५, मेडिकल कलेज कोहलपुरमा ३२ र बागेश्वरी ल्यावमा ९ जनाको नमुना परीक्षण गर्दा कसैलाई पनि कोरोना नदेखिएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।


बाँकेमा हाल सक्रिय संक्रमितको संख्या ९ जना रहेको वलीले बताए । तीमध्ये पाँचजना अस्पतालमा उपचाररत रहेका छन् । उनीहरु मध्यम खाले विरामी भएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रशासकीय अधिकृतसहित १४ जना जुवाको खालबाट पक्राउ

१८ पुष २०७८, आईतवार १३:२५
नेपालगञ्ज : जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित १४ जनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । जुवा खेलिरहेको अवस्थामा आइतबार बिहान करिब ३ बजेतिर उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी मधुकुमार थापाका अनुसार उनीहरू जाजरकोट […]