सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

सदरलाइन संवाददाता ८ पुष २०७८, बिहीबार १६:३९
 

नेपालगञ्ज : सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ का ४३ वर्षीय पन्चुराम कुम्हारलाई प्रहरीले पक्राउ गरेको हो ।


बाँके जिल्ला अदालतले कुम्हारलाई २०७५ अषाढ २६ गते १ वर्ष १ महिना ४ दिनको फैसला सुनाएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले हालसम्म फरार रहेका कुम्हारलाई पक्राउ गरी बिहीवार जिल्ला अदालत बाँकेमा बुझाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘बिकिनी किलर’ चार्ल्स शोभराजको बन्दीप्रत्यक्षीकरण सर्वाच्चद्वारा मुद्दामा कारण देखाऊ आदेश

८ पुष २०७८, बिहीबार १६:३९
काठमाडौं : ‘बिकिनी किलर’का रूपमा परिचित अपराधी चार्ल्स गुरुमुख शोभराजको बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। बिहीबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई बाटोको म्यादबाहेक तीन दिनभित्र कारण दिन आदेश दिएको हो। शोभराजले बुधबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण मुद्दा दिएका थिए। उनले आफूलाई उमेरका कारण कैदमुक्त गर्नु […]

सम्बन्धित