नेपालगञ्ज कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

सदरलाइन संवाददाता ६ पुष २०७८, मंगलवार १६:०४
 

नेपालगञ्ज : नेपालगञ्ज कारागारमा क्षमताभन्दा झन्डै तेब्बर थुनुवा र कैदीहरु रहेका छन् । अहिले कारागारमा ८ सय १२ जना थुनुवा र कैदी बन्दी रहेको कारागार प्रमुख रामकुमार सोनखरले बताए ।

क्षमता भन्दा बढी कैदीबन्दीका कारण कारागार भित्र ठाउँ साँघुरो छ । कैदीहरुको सरसफाईमा निकै समस्या छ । जसका कारण कैदीबन्दीमा बेलाबखत टिबी र छाला सम्बन्धी रोग देखा पर्ने गरेको छ ।


साथै कोरोना संक्रमणको जोखिम पनि उत्तिकै रहेको छ । पहिलो लहरमा २० जना कैदीबन्दीमा करोना संक्रमण भएको कारागारले जनाएको छ । अहिले कारागारमा सबै पुरुष कैदीबन्दी रहेका छन् ।

महिला कैदीबन्दीलाई कोरोना संक्रमणको बेलामा बर्दिया, सुर्खेत र दैलेख सारिएको थियो । अहिले महिला थुनुवा आए भने बर्दिया र कैदी आए भने सुर्खेत र दैलेख पठाउने गरिएको प्रमुख सोनखरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

६ पुष २०७८, मंगलवार १६:०४
नेपालगञ्ज : सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेकोक छ । नेपालगञ्ज उपमहानगरपालिका–१८ का ३० वर्षीय साधु अहिरलाई प्रहरीले पक्राउ गरेको हो । सवारी ज्यान मुद्दामा जिल्ला अदालतबाट अहिर दोषी ठहर भएका थिए । गएको फागुन १७ गते जिल्ला अदालतले अहिरलाई तीन महिना १९ दिन कैद र दुई […]

सम्बन्धित