भारतीय साईकल यात्री नेपालगञ्जमा

सदरलाइन संवाददाता ८ कार्तिक २०७८, सोमबार १८:५१
 

नेपालगञ्ज : बताबरण संरक्षणसंगै नेपाल–भारतबीच भात्रृत्वको सम्बन्ध प्रगाढ बनाउने उद्देश्य बोकेर भरतीय साइकल यात्री रामप्रसाद नस्कर नेपालगञ्ज आइपुगेका छन् । आइतबार नेपालगञ्ज आइपुगेका उनी २६ दिन अघि भारतको कलकत्ताबाट साइकल यात्रामा निस्केका थिए ।

गत ३० सेप्टेम्बर २०२१ मा भारतको वेस्टबंगाल कलकत्ता स्थित शुभाषग्रामबाट आफ्नो नेपाल यात्रा सुरु गरेका पेशाले उनी भुगोलका शिक्षक हुन् । कोरोनाले गर्दा पढाउने विद्यालय बन्द भएपछि समयको सदुपयोग गर्दै जनस्तरबाट भात्रृत्वको सन्देश लिएर पूर्वी नेपालको काँकडभिट्टा हुँदै नेपाल प्रवेश गरेको उनी बताउछन् । उनी सामान्य साईकलमा आफ्नो एकसरो सामान बोकेर यात्रामा निस्केका छन ।


साइकलको अगाडि हेण्डिलमा नेपाल र भारतको झण्डा राखेका उनले भुगोल पढाउंदै गर्दा उनलाई नेपाल वरपरको भौगोलिक अवस्था बारे जान्न मन लागेपछि आफुले यो यात्रा सुरु गरेको उनले बताए । उनी पूर्वदेखि नेपाल प्रवेश गरी महाकालीसम्म पुगेर महेन्द्रनगरेको गड्डाचौकि हुँदै भारत प्रवेश गर्ने योजना रहेको बताए ।

उनको नेपालका सातवटै प्रदेशको राजधानी, तथा प्रमुख शहरमा पुग्ने उद्देश्व अनुरुप बिराटनगर, जनकपुर, बिरगञ्ज, हेटौडा, काठमाण्डौ, मुग्लिन, पोखरा, नारायणघाट, बुटवल, भालुवाङ्ग, हुँदै कोहलपुर नेपालगञ्ज पुगेको बताए ।

नेपाल प्रवेश गर्दा काँकडभिट्टाको सिमामा केही दुख पाए पनि यात्रा सुखद भएको उनी बताउछन् । दिनभरी साईकलमा यात्रा गर्ने उनी साँझ परेपछि पाटी पौवा तथा सार्वजनिक स्थलमा आश्रय लिने गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नदीमा हामफालेर महिलाले गरिन आत्महत्या

८ कार्तिक २०७८, सोमबार १८:५१
राप्तीसोनारी (बाँके) : घरायसी झगडाको कारण राप्ती नदीमा हामफालेर बाँकेमा एक महिलाले अत्महत्या गरेकी छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार राप्तीसोनारी–३ की २० वर्षिया दिपा थारुले गएराती २ बजे नदीमा हामफालेकी थिईन । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले घरायसी बिवादमा दिपाले अगैयाको पुलमाथिबाट […]