खजुरामा तीन दिने निःशुल्क आँखा शिविर

सदरलाइन संवाददाता ४ पुष २०७८, आईतवार १३:१७
 

नेपालगञ्ज : बाँकेको खजुरामा आइतवारदेखि निःशुल्क आँखा शिविरको आयोजना गरिएको छ । नेपाल नेत्र ज्योति संघ फत्तेवाल आँखा अस्पताल फुलटेक्रा र तेज कोहली रुइत फाउण्डेशन र खजुरा गाउँपालिकाको सहकार्यक्रमा तीन दिने निःशुल्क आँखा शिविरको आयोजना गरिएको हो ।

आइतवार पहिलो दिन स्वास्थ्य चौकी राधापुर र स्वास्थ्य चौकी सीतापुरमा आयोजना भएको छ । यस्तै सोमवार खजुरा प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकी रनियापुरमा आयोजना गरिएको आँखा अस्पतालले जनाएको छ ।


यस्तै मंगलवार स्वास्थय चौकी सोनपुर र स्वास्थ्य चौकी उढापुरमा आयोजना गरिएको छ । विशेषगरी यो शिविरले ४० वर्ष उमेर समूह भन्दा माथिका व्यक्तिलाई लाभ पुग्ने विश्वास गरिएको छ । मोतिबिन्दु अप्रेशनका लागि छनौट भएका विरामीको फत्तेवाल आँखा अस्पतालमा निःशुल्क अप्रेशन गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा आइतवार २ जनामा कोरोना पुष्टि

४ पुष २०७८, आईतवार १३:१७
नेपालगञ्ज : बाँकेमा आइतवार थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुई वटा प्रयोगशालामा ४८ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुरमा ७ नमुना परीक्षण गर्दा २ जनामो संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ । यस्तै […]

सम्बन्धित