कालाफाँटा मतदान केन्द्र नजिकै आगलागी अवस्था नियन्त्रणमा

१४ असार २०७४, बुधबार १६:१७
 

सदरलाइनडटकम 
१४, असार, नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिका–३ को कालाफाँटामा मतदान हुँदै गरेको समयमा मतदान केन्द्र नजिकै आगलागी भएको छ । कालाफाँटा मतदान केन्द नजिक आगलागी हुँदा १३ वटा घर र ३ वटा गोठ जलेर नष्ट भएको छ भने मतदान केही बेरका लागि प्रभावित भएको थियो । सो आगलागीमा परेर कुनै मानविय क्षति भएको छैन ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख टेकप्रसाद राईले दिएको जानकारी अनुसार विहान ११ः१० बजे तिर एक्कासी स्थानीय राजकुमार मौर्यको घरबाट सुरु भएको सो आगोले १३ घर ३ गोठ जलेर नष्ट भएको छ । साथै लत्ता कपडा, अन्नपातलगायतका सामानहरु जलेर नष्ट भएका छन् ।
ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी, स्थानीय बासिन्दा र त्यहाँ मतदान केन्दमा खटिएका प्रहरीहरुको सहयोगमा आगो नियन्त्रणमा लिन सफल भएको थियो । अबरुद्ध भएको मतदान पनि नियमित भएको प्रहरीले जनाएको छ ।
आगोलागीको कारण र सो बाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरी अनुसन्धान भईरहेको इप्रका भोजभगवानपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ७१ प्रतिशत मतदान, मतपेटीका केन्द्रमा पुर्याईदै

१४ असार २०७४, बुधबार १६:१७
सदरलाइनडटकम १४ असार नेपालगन्ज : प्रमुख जिल्ला निर्वाचन अधिकृत तेजनारायण पौडेलले बाँकेमा ७१ प्रतिशत बढी मतदान भएको बताएका छन् । उनले दिएको प्रारम्भिक जानकारी अनुसार ७१ दशमलभ २५ प्रतिशत मतदान भएको छ । उनले भने–‘ सबै स्थानीय तहका मतदान स्थलबाट रिर्पोट आई सकेको छैन तै पनि प्रारम्भिक नतिजा अनुसार ७१ […]

सम्बन्धित