नेपालगञ्जलाई स्वास्थ्यको हब बनाउन तयारी गरिदै

सदरलाइन संवाददाता २८ मंसिर २०७८, मंगलवार १८:१६
 


नेपालगञ्ज :  नेपालगञ्ज उप–महानगरपालिकाले नेपालगञ्ज शहरलाई स्वास्थ्य हबको रुपमा विकास गर्न प्रोत्साहन र प्रवद्र्धनमा सहयोग पु¥याउने भएको छ ।

मंगलबार स्वास्थ्य सम्बन्धी जानकारीमुलक छलफल तथा अस्पतालजन्य फोहरमैला व्यवस्थापन सम्बन्धी छलफल तथा समीक्षा कार्यक्रममा नगर प्रमुख डा. धवलशम्शेर राणाले नेपालगञ्ज पश्चिम नेपालका तीन प्रदेशका नागरिकले स्वास्थ्य सेवा लिने सबैभन्दा ठुलो शहर भएको भन्दै यसलाई स्वास्थ्यको हवको रुपमा अघि बढाउन उपमहानगरका तर्फबाट आवश्यक सहयोग प्रदान गरिने बताए ।

उनले सो कार्यको प्रोत्साहन र प्रवद्र्धनका लागि तत्काल कार्यक्रम सञ्चालनका गर्न बजेट विनियोजन गरिएको बताए । अस्पताल जन्य फोहर ब्यवस्थापन सबै अस्पतालका लागि चुनौती भएको भन्दै उनले उपमहानगरपालिकाले जिआईजेडको सहकार्यमा अस्पताल जन्य फोहर ब्यवस्थापनका लागि प्रशोधन केन्द्र निर्माण गरेर सञ्चालन हुने चरणमा पुगेको जानकारी दिए ।


नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले नेपालगञ्जमा संख्यात्मक रुपमा धेरै स्वास्थ्य संस्था भएपनि आम नागरिकलाई सहजताका लागि कार्यक्रम सञ्चालन गर्न लागिएको बताए ।

वाताबरण शाखा प्रमुख प्रकाश डिसीले नेपालगञ्जका अस्पतालबाट दैनिक एकहजार २ सय ४२ किलोग्राम अस्पताल जन्य फोहर उत्पादन हुने जानकारी दिदै प्रशोधन केन्द्र सञ्चालन भएपछि अस्पताल जन्य फोहर ब्यवस्थापनमा सहज हुने स्पष्ट पारे ।

उप–महानगरपालिका सहित निजी स्वास्थ्य संस्थाका सञ्चालक, चिकित्सक, स्वास्थ्यकर्मी, औषधी ब्यवस्था विभाग, रेडक्रस सोसाईटी लगायतका संघ संस्थाका प्रतिनिधी सम्मिलित बैठकबाट प्रशोधन केन्द्रबाट अस्पताल जन्य फोहर ब्यवस्थापनको निश्चित मापदण्ड, शुल्क निर्धारण लगायतका विषयमा १५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरि नेपालगञ्ज उपमहानगरपालिकाका वाताबरण शाखा प्रमुख डिसीको संयोजकत्वमा र नेपालगञ्ज उपमहानगरपालिकाका विशेषज्ञ चिकित्सक डा. प्रकाश नागको संयोजकत्वमा मेडिकल हबका लागि गर्न सकिने आवश्यक प्रोत्साहन र प्रवद्र्धनात्मक कार्यक्रमबारे प्रतिवेदन पेश गर्न समिति गठन गरिएको छ । दुबै समितिले १० दिनभित्र प्रतिवेदन उपमहानगरपालिकामा बुझाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कैलालीमा स्कारपियो दुर्घटना हुँदा २७ जना घाईते

२८ मंसिर २०७८, मंगलवार १८:१६
नेपालगञ्ज : कैलालीमा बस र स्कारपियो ठोकिदा २७ जना घाइते भएका छन् । बुधवार विहान सवा १० बजे पूर्व–पश्चिम राजमार्ग अन्तरगत कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ३ स्थित गोराङ्गेमा बस र स्कारपियो ठोकिदा २७ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बसमा सवार २४ […]