प्लान इन्टरनेशनलबाट हटाइएका ७६ जना कर्मचारी पुनःबाहलीको माग गर्दै धर्ना

४ मंसिर २०७५, मंगलवार १९:०५
 

सदरलाइनडटकम 
काठमाण्डौ  : अन्तराष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनलबाट हटाइएका ७६ जना कर्मचारी धर्ना बसेका छन् । उनीहरुलाई प्रकृया पुरा गरी स्थायी गरिएको भए पनि हटाईएको भन्दै धर्नामा बसेका हुन ।
कुनै पनि जानकारी नदिई छापामार शैलीमा आफूहरूलाई हटाएको भन्दै गत आइतबारदेखि ललितपुरको बखुण्डोलस्थित कार्यालयमा धर्ना बसेको कर्मचारी निशान्त शाक्यले जानकारी दिए ।
‘बिना जानकारी हामीलाई छापामार शैलीमा हटाएका छन् । यो अन्याय, अपमानजक र अमानवीय निर्णय हो । यसले नेपालको श्रम कानुनकै धज्जी उडाएको छ,’ कर्मचारी शाक्यले भने, ‘हाम्रो माग पूरा नभएसम्म कार्यालय समयमा धर्ना दिन्छौं ।’ प्लान इन्टरनेशनलका राष्ट्रिय निर्देशक स्भेन कोपेन्सले ती कर्मचारीहरूलाई गत २४ अक्टोबरका दिन स्काइप बैठकबाट ३१ डिसेम्बर २०१८ बाट लागू हुनेगरी हटाएको घोषणा गरेका थिए ।
हटाइएका कर्मचारीसँग भएको सम्झौतापत्रमा नियमित र स्थायी कर्मचारी भनी उल्लेख गरिएको छ । संस्थाले अन्यायपूर्ण ढंगबाट हटाएको भन्दै उनीहरूले श्रम, रोजगार तथा सामाजिक मन्त्रालय, समाज कल्याण परिषद्, जिल्ला प्रशासन कार्यालय ललितपुर लगायतको ध्यानाकर्षण गराएका छन् ।
प्लान इन्टरनेशनलले भने कर्मचारी हटाउनु पर्ने कारणहरूमा ग्लोबल स्ट्राटेजी, कन्ट्री स्ट्राटेजी २०१८/२०२२ अवलम्बन गर्ने क्रममा कर्मचारी कटौती गर्नुपरेको जनाएको छ ।

Next Post

सामाजिक सद्भाव कायम गर्न सबै आस्था प्रति सम्मान आवश्यक

४ मंसिर २०७५, मंगलवार १९:०५
सदरलाइनडटकम, नेपालगञ्ज  : एक अर्काको आस्था प्रति समान दृष्टिले सम्मान गर्न सके समाजमा आफै सामाजिक सद्भाव कायम हुने नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सहभागिले सुझाएका छन् । बाँकेका सिख समुदायले सिख धर्मका आस्थाका प्रतिक गुरुनानक देवको ५५० औं प्रकाश वर्ष (जन्मजयन्ती) का अवसरमा नेपालगञ्ज गुरुद्वारामा आयोजित कार्यक्रमका सहभागिले सो कुरा औल्याएका […]