एमाले बाँके क्षेत्र नं. ३ ख को सम्पर्क कार्यालय जानकीमा

सदरलाइन संवाददाता ३१ आश्विन २०७९, सोमबार १४:००
 

नेपालगञ्ज : प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रचार प्रसारको लागि नेकपा एमालेले आज बाँके क्षेत्र नंं ३ प्रदेश ख को सम्पर्क कार्यालय स्थापना गरेको छ ।

जानकी गाउँपालिका–४ खजुराखुर्दमा एक समारोहका बीच नेकपा एमाले बाँकेका अध्यक्ष एवम् बाँके क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार किस्मतकुमार कक्षपति र क्षेत्र नं. ३ प्रदेश ख का उम्मेदवार भीम वलीले उदघाटन गरेका छन् । क्षेत्र नं. ३ प्रदेश क को बैजनाथमा र क्षेत्र नं. ३ को सम्पर्क कार्यालय खजुरामा स्थापना गरेर चुनावी प्रचार अभियानलाई प्रभावकारी बनाईने एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसीले जानकारी दिए ।

कार्यालय स्थापना समारोहमा एमाले प्रदेश कमिटी सदस्य एकमाया बिक, जिल्ला उपाध्यक्ष डिल्ली बिसी, जानकी गाउँपालिका इन्चार्ज किशोर थापा, गाउँपालिका कमिटी अध्यक्ष बिश्रामकुमार बर्मा लगायत पार्टीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।


प्रदेश तथा क्षेत्रस्तरीय सम्पर्क कार्यालय स्थापनालगत्तै क्षेत्रभरी वडास्तरमा नेकपा एमाले र राप्रपाको संयुक्त निर्वाचन परिचालन कमिटी गठन हुने एमाले बाँकेका प्रचार विभाग प्रमुख सतिश निरौलाले बताए ।

नेकपा एमालेको तर्फबाट बाँके क्षेत्र नं.३ प्रतिनिधिसभा सदस्यमा पार्टी जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति, प्रदेश क मा पार्टी सचिव रत्न खत्री र प्रदेश ख मा पार्टी सचिवालय सदस्य भीम वली उम्मेदवार बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुर गाउँपालिका अध्यक्ष शाहको स्वास्थ्यमा क्रमिक सुधार

३१ आश्विन २०७९, सोमबार १४:००
नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहको स्वास्थ्यमा क्रमिक रुपमा सुधार देखिएको छ । आइतवार मेडिकल कलेज नेपालगञ्जबाट थप उपचारका लागि भारतको लखनऊको एपोलो हस्पिटलमा लगेर उपचार सुरु गरिएको थियो । उपचार सुरु गरेपछि उनको स्वास्थ्यमा प्रारम्भिक सुधार देखिएको सँगै रहेका उनका भतिज अफाकले जानकारी दिए । उनका […]

ताजा अपडेट