भुँवरभुवानी मन्दिर परिसरमा शिबमन्दिर उद्घाटन

सदरलाइन संवाददाता २७ फाल्गुन २०७७, बिहीबार १९:१४
 

राप्तीसोनारी(बाँके) :बाँकेको राप्तीसोनारी गाँउपालिका वडा नं ३ बैजापुरमा रहेको भुवरभुवानी मन्दिर परिसरमा शिबमन्दिर उद्घाटन गरिएको छ । राप्तीसोनारी गाँउपालिकाको १२ लाख लगानिमा बनेको सो मन्दिर बिहिबार पालिका अध्यक्ष लाहुराम थारुले उद्घाटन गरे ।

मन्दिरको उद्घाटन कार्यक्रममा बोल्दै पालिका अध्यक्ष थारुले संस्कार र संस्कृती संरक्षरण र संवर्धन गर्न सके समाज अनुशासित हुने र समाजमा अराजकता नफैलिने दावि गरे । जुनसुकै भएपनि धर्मको संरक्षणले मानिस सभ्य हुने उनको भनाई थियो ।


पालिकाले धार्मिक तथा सांस्कृतिक सम्पदालाई पर्यटनसंग पनि जोडेर लैजाने योजना बनाएको उनले जानकारी दिए । यस्तै भुवरभुवानी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलसीराम थारुले मन्दिर परिसरमा शिब भगवानको मन्दिर स्थापना गरिदिएकोमा स्थानीय सरकारलाई भन्यवाद दिए । स्थानीय सरकारले शिबका भक्तहरुलाई समेत सजिलो बनाईदिएको उनको तर्क थियो ।

करिब ३ सय बर्ष पुरानो भुँवरभुवानी मन्दिरको संरक्षणमा स्थानिय सरकार लाग्नु यहाँका सबै भक्तजन तथा स्थानीयलाइृ खुसीको कुरा भएको उनले बताए । पश्चिम महाकलीदेखि पुर्व नवलपरासीसम्म र भारतको लखनउ सम्मका दर्शनाभिलासी यहाँ आउने अध्यक्ष तुलसीरामले जानकारी दिए ।

यसैबिच राप्तीसोनारीकै बैजापुर धामपुरमा स्थित ईलाका प्रहरी कार्यालयमा पनि देवि भगवतिको मन्दिर निर्माणका लागि शिलान्यास गरिएको छ । ५ लाखको लगानिमा बन्ने सो मन्दिरको शिलान्यासमा पालिकाका सम्पुर्ण जनप्रतिनिधि तथा स्थानियको उपस्थिति रहेको थियो ।

Next Post

भारतको महाराष्ट्रमा कोरोना संक्रमणको दर तीव्र

२७ फाल्गुन २०७७, बिहीबार १९:१४
काठमाण्डौ : भारतको महाराष्ट्रमा कोरोना भाइरसको संक्रमण दर फेरि तीब्र भएको छ । पछिल्लो २४ घण्टामा मात्रै महाराष्ट्रमा १३ हजार ६ सय ५९ नयाँ कोरोना संक्रमति थपिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो संख्या पछिल्लो २४ घण्टामा कोरोनाबाट अत्याधिक प्रभावित राष्ट्र रुस, बेलायत, स्पेन र जर्मनीमा देखिएको भन्दा पनि बढी […]