भारतको बाराबंकीमा यात्रुबाहक बस दुर्घटना हँदा ४ नेपालीको मृत्यु १४ घाइते

सदरलाइन संवाददाता १८ भाद्र २०७९, शनिबार १२:४१
 

नेपालगञ्ज :  भारतको उत्तर प्रदेश बाराबंकीमा शनिबार बिहान भएको सडक दुर्घटनामा ४ नेपालीको मृत्यु हुनुकोे साथै १४ जान घाइते भएका छन । भारतको रुपैडियाबाट गोवा जानको लागि छुटेको बस युपि ३२ पिटी ३९४४ नंबरको यात्रुबाहक बसलाई तीब्रगतिको ट्रकले ठक्कर दिदा सो घटना भएको हो ।

भारतीय प्रहरीका अनुसार डवलडेकरको बस बारबंकि नजिकै पञ्चड भएपछि पञ्चड टायर चेन्ज गर्दै गर्दा तीब्रगतिको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । सो घटनामा परेर ज्यान गुमाउनेहरुमा बाँके राप्तीसोनारी बिनौनाका प्रेम थारु, शीतल थारु, दाङ्ग बेलतापुरका चक्रबहादुर वली र एकजना मृतकको सनाखत हुन सकेको छैन ।


सो घटनामा परेर बाँके बैजापुरका ५० वर्षिय रावत, ४० वर्षिय अमरबहादुर, बारबर्दिया कि ३५ वर्षिया रिताकुमारी थारु, दाङ्गका २८ वर्षिय कृष्ण, रुकुमका ४० वर्षिय कालीबहादुर र तनहुका ४० वर्षिय हरिशरणको अवस्था गम्भीर रहेकोले उनीहरुको ट्रमा सेन्टर लखनउमा उपचारको लागि पठाईएको छ ।

सल्यान घुईयाबारीका २९ वर्षिय बहादुर राना, पद्मा राना, बाँके बिनौनाका १७ वर्षिय मनोज, मनमती कौर, १९ वर्षिय सुनील थारु, १६ वर्षिय विजय थारु, १८ वर्षिय हरी योगी र सन्तोष रहेका छन । उनीहरुको जिल्ला अस्पताल बाराबंकीमा उपचार भई रहेको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जसहित तीन विमानस्थलमा बन्दै ‘नयाँ टर्मिनल भवन’

१८ भाद्र २०७९, शनिबार १२:४१
नेपालगञ्ज : विमानस्थलको स्तरवृद्वि गर्ने लक्ष्यअनुसार तराईका तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्माण हुने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालगञ्ज, भरतपुर र विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको हो । नेपालगञ्जको टर्मिनल भवन बनाउन तीन अर्ब ५० करोड, विराटनगरको तीन अर्ब ५४ करोड […]