सदरलाइनडटकम,
कैलाली : प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित कैलालीमा दुई जना पक्राउ परेका छन् । सु.प.प्र.०१–००७ प ९२९१ नम्बरको मोटरसाइकलमा लागुऔषध बोकी हिँडिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
लम्की चुहा नगरपालिका वडा नम्बर १ भुरुवाका २४ वर्षीय चन्द्र बहादुर बुढा र सोही ठाउँका २२ वर्षीय रमेश शाहीलाई पक्राउ गरिएको कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
उनीहरुको साथबाट ३० ग्राम ९ सय मिलिग्राम खैरो हिरोइन (ब्राउन सुगर) बरामद भएको छ । उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
