एनपीएल टी–ट्वान्टी क्रिकेट प्रतियोगिता बैतडीमा हुने

७ आश्विन २०७५, आईतवार १८:२०
 

सदरलाइनडटकम,
बैतडी : नेपालीहरुको महान पर्व विजयादशमी तथा तिहारको अवसरमा आगामी कात्तिक दोस्रो सातादेखि बैतडीमा निङलाशैनी प्रिमियर लिग(एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रगियोगिता सञ्चालन हुने भएको छ । निङलाशैनी क्रिकेट क्लब (एनसिसि) देहिमाडौंको आयोजनामा सञ्चालन हुने प्रतियोगिता कात्तिक ८ गतेदेखि शुरु हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम परस्कार १ लाख ११ हजार १ सय ११ नगदसहित ट्रफी, प्रमाणपत्र र द्वितीय पुरस्कार ५५ हजार ५ सय ५५ रुपैंया, ट्रफी र प्रमाणपत्र राखिएको आयोजक निङलाशैनी क्रिकेट क्लबका अध्यक्ष महेशसिंह भण्डारीले बताए ।
कात्तिक १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट खेलाडी १ जनालाई ११ हजार १ सय ११ रुपैयाँ, ट्रफी र प्रमाणपत्र, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उदयीमान खेलाडी एकएक जनालाई जनही ५ हजार ५ सय ५५ नगद, ट्रफी र प्रमाणपत्र पुरस्कार प्रदान गरिने । १२ टोलीको सहभागिता रहने प्रतियोगितामा सर्वाधिक छक्का हान्ने १ जनालाई २ हजार २ सय २२, सर्वाधिक चौका प्रहार गर्ने १ जनालाई १ हजार १ सय ११ र सर्वाधिक क्याच समात्ने १ खेलाडीलाई नगद १ हजार १ सय ११ नगद, ट्रफी र प्रमाणपत्र पुरस्कार दिइने छ ।
यस्तै अनुसाशित १ टिमलाई ब्याट, ट्रफी र प्रमाणपत्र तथा प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी १ जनालाई ट्रफी र प्रमाणपत्र पुरस्कार दिइने आयोजकले जनाएको छ ।

Next Post

खनाल र गुरुङलाई ग्रामीण पत्रकारिता पुरस्कार

७ आश्विन २०७५, आईतवार १८:२०
सदरलाइनडटकम,   नेपालगञ्ज  : ‘बिरमी–चन्द्र’ ग्रामीण पत्रकारिता पुरस्कार–२०७४’ बाट बाँकेका दुई जना पत्रकार सम्मानित भएका छन् । प्रेस सेन्टर नेपाल बाँकेले स्थापाना गरेको सो पुरस्कार संयुक्त रुपमा पत्रकारद्वय अन्नपूर्णपोष्ठकर्मी शंकरप्रसाद खनाल र काँचुली खबर अनलाइनकर्मी गजेन्द्र गुरुङलाई प्रदान गरेको हो । आइतबार नेपालगन्जमा आयोजित कार्यक्रममा बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा […]

सम्बन्धित