हेफरद्वारा ४७ वटा ढुवानी साधन महिला सहकारीलाई हस्तान्तरण

सदरलाइन संवाददाता २३ मंसिर २०७८, बिहीबार १८:२४
 


रुपन्देही (बुटवल) : हेफर ईन्टरनेशनल नेपालले कृषि र पशुजन्य उत्पादनको बजार प्रबद्र्धन गर्ने उद्देश्यका साथ नेपालका बिभिन्न ७५ वटा सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा ढुवानीको साधन बितरण गरेको छ ।

पहिलो चरणमा २८ वटा र दोश्रो चरणमा ४७ गरि कुल ७५ वटा ढुवानीका साधन हेफर ईन्टरनेशलनको ५० प्रतिशत आर्थिक सहयोगमा उपलब्ध गराइएको हेफरका कार्यक्रम प्रबन्धक अनन्त शिलवालले जानकारी दिए ।

उनले साना किसानले उत्पादन गरेका पशुवस्तु तथा अन्य कृषि उपजको ढुवानी गरी बजारीकरणको लागि सहज पुराउने उद्देश्यले सामाजिक उद्यमि महिला सहकारी मार्फत सञ्चालन हुने गरी ढुवानीको साधन उपलब्ध गराइएको बताए ।

उनले दोस्रो चरणमा सहकारी मार्फत ४७ सहकारीमा आबद्ध ४५ हजार किसानहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने गरि वितरण गरिएको सवारी साधनबाट करिब ८२ करोड बराबरको कृषि उपजको बजारीकरण गर्ने लक्ष्य राखिएको बताए ।

सो कार्यक्रम अनुसार ढुवानीका साधन पाउने सहकारीहरू प्रदेश १ बाट ४ वटा झापा १, मोरङ ३, प्रदेश २ बाट २ वटा सर्लाही १, महोत्तरी १, प्रदेश ३ बाट ९ वटा चितवन ३, धादिङ ३, सिन्धुली १, नुवाकोट २, प्रदेश ४ बाट ९ वटा बाग्लुंग २, नवलपरासी २, कास्की २, लम्जुंङ्ग १, तनहुँ १, पर्वत १ वटा रहेका छन् ।

यसैगरी प्रदेश ५ बाट २० वटा दाङ १, पाल्पा ७, प्युठान १, बर्दिया ३, बाँके ५, गुल्मी २, कपिलवस्तु १, प्रदेश ६ बाट ३ वटा सल्यान १, सुर्खेत २ वटा रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले यस प्रकारको सहयोगले महिला सहकारीलाई लाभान्वित गराउदै समृद्धिको पथप्रदर्शक बनाउने कुरा ब्यक्त गरे । उनले चर्को ढुवानी भाडाले कृषकलाई अत्यन्तै मारमा पारेको र यस प्रकारको सहयोगले महिला सहकारीलाई आर्थिक लाभ दिने र कृषकलाई सुबिधा हुने कुरामा जोड दिदै पाएको सुबिधाको पूर्ण सदुपयोग गर्न आग्रह गरे ।


लुम्बिनी प्रदेशका अर्थ व्यवस्था र सहकारी मन्त्री कृष्णध्वज खड्काले नेपालमा धेरै अन्तरास्ट्रिय गैर सरकारी संस्थाले काम गरेको भए पनि हेफरको २४ वर्षको नेपालको अनुभव समुदाय केन्द्रित भएको र समुदायको आवश्यक्तालाई गम्भीर रुपमा लिएर चुनौतीहरु पहिल्याउदै समाधानका कार्यक्रम गरेकै हुनाले उत्कृस्ट नतिजा दिन सफल भएको अनुभव ब्यक्त गरे ।

कार्यक्रममा हेफर इन्टरनेसनलका मानव संसाधन प्रमुख एलिया माकरले नेपालमा महिलाद्वारा सञ्चालनमा रहेका सहकारीहरूको अवलोकन गरेर सहकारीको भूमिका महिलाको वृद्धि विकासमा धेरै महत्वपुर्ण भएको कुरा नेपालबाट सिक्ने अवसर मिलेको बताईन ।

हेफर इन्टरनेसनलका वरिस्ट उपाधक्ष डा. महेन्द्र नाथ लोहनीले एक पटक सहयोग बाडेर दिगो विकास नहुने कुरामा जोड दिदै उनले, बिषेश गरि सिमान्तकृत जनतामा भएको मनस्थिति ‘म सक्दिन, मसंग स्रोतसाधन, शिक्षा, अर्थ, सिप छैन भन्ने सोचाईलाई परिवर्तन गर्न र म सक्छु भन्ने मानसिकता विकास गर्न आवस्यक क्षमता र स्रोत साधनहरु उपलब्ध गराउन बढी महत्वपुर्ण हुन्छ । यस कुरालाई प्राथमिकतामा राखेर त्यस्ता समूह र सहकारीहरूलाई सक्षम् बनाउने हेफरको लक्ष रहेको स्पष्ट पारे ।

४७ महिला सहकारी उपस्थित भएको सो कार्यक्रममा महिलाहरुको प्रतिनिधित्व गर्दै सुर्खेतकी टिका अधिकारीले समुदायमा भएका कृषिमा आधारित उद्यमलाइ यसप्रकारको सहयोगले उर्जा दिने र स्थानीय अर्थतन्त्रलाई सुधार गर्ने बिश्वासले गर्दा आफुहरुले यस ढुवानीको साधनमा पाएको ५०% अनुदानको पूर्ण सदुपयोग हुने कुरामा आफु ढुक्क भएको बताईन ।

कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री, कृषि विकास निर्देशनालयका सह निर्देशक लोकनाथ पौडेल, नेकपा एमालेका सचेतक सरस्वती गौतम, माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती, नेपाली काँग्रेसका सचेतक निर्मला क्षेत्री लगायतले आ –आफ्नो भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा गोठ भित्र पुगेर बाघले खायो बाख्रा

२३ मंसिर २०७८, बिहीबार १८:२४
नेपालगञ्ज : दाङको बबई गाउँपालिका वडा नम्बर ५ मा गोठमै राखेका १४ वटा बाख्रा बिहीबार बाघले मारेको छ । त्यसैगरी, वडा नम्बर ७ को कृष्णपुरमा हुरुम सामुदायिक वनमा चराउन लगेको समयमा कुलबहादुर घर्तीको दुई वटा बाख्रा बाघले मारिदिएको छ । इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख केशवराज रेग्मीका अनुसार वडा नम्बर […]

सम्बन्धित