रक्तस्राव नरोकिएपछि जहाज चार्टर गर्नुपर्ने बाध्यता

६ पुष २०७५, शुक्रबार १६:५७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : रक्तस्राव नरोकिएपछि जाजरकोट भेरी नगरपालिका–३ की प्रतिभा थापालाई जहाज चार्टर गरेर उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज ल्याइएको छ ।
चार दिनअघि भेरी अञ्चल अस्पतालमा छोराको जन्म दिएकी भेरी नगरपालिका–३ की थापाको रक्तस्राव नरोकिएपछि तारा एयरलाइन्सको जहाजमार्फत रुकुमको चौरजहारीबाट शुक्रवार बिहान नेपालगञ्ज ल्याइएको उनका श्रीमान् पदम थापाले जानकारी दिए ।
अहिले प्रतिभाको उपचार जारी रहेको उनले बताए । दुई लाख तिरेर जहाज चार्टर गरिएको थियो । बिहीवार मात्र जाजरकोट पुर्याइएकी प्रतिभाको रातिदेखि रक्तस्राव शुरु भएको थियो । स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि ज्यान बचाउन जहाज चार्टर गर्नुपरेको थापाले बताए ।
पचास शैय्याको जाजरकोट अस्पताल भएपनि विशेषज्ञ चिकित्सक र उपकरणको अभावमा सधैँ त्यहाँका स्थानीयवासी महङो शुल्क तिरेर उपचारका लागि नेपालगञ्ज र काठमाडौँमा जान बाध्य छन् ।

Next Post

अनावश्यक राती हिँड्नेलाई प्रहरीले थाल्यो थुन्ने अभियान

६ पुष २०७५, शुक्रबार १६:५७
सदरलाइनडटकम, कोहलपुर : बाँकेको कोहलपुरमा चोरीका घटना बढ्न थालेपछि प्रहरीले ‘रातभरी थुन्ने अभियान’ सुरु गरेको छ । राती १० बजेपछि अत्यावश्यक कामबाहेक डुल्नेलाई रातभरी थुन्ने नीति अघि बढाएको कोहलपुर प्रहरीले जनाएको छ । चोरीका घटना बढेपछि प्रहरीले रातीमा हिड्नेहरुमाथि निगरानी बढाएको छ । प्रहरीले यो अभियान चलाउँदा दैनिक ५/६ जना नियन्त्रणमा […]

सम्बन्धित