भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना

दुर्घटनामा ७ जनाको निधन

सदरलाइन संवाददाता २२ मंसिर २०७८, बुधबार १४:४३
 

काठमाण्डौ : भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । तमिलनाडुको कुन्नुरमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुर्घटनामा ७ जनाको निधन भएको इण्डिया टिभीले जनाएको छ ।

उक्त हेलिकोप्टरमा सेनापति रावतसहितका परिवार पनि सवार थिए । भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनामा परेका सेनाका वरिष्ठ अधिकारीहरूलाई उद्धार गरी अस्पताल लगिएको छ ।


भारतीय सेनाले भने अहिलेसम्म दुर्घटनाका बारेमा औपचारिक जानकारी दिएको छैन । दुर्घटना के कारणले भयो भन्ने पनि अहिलेसम्म केही खुलेको छैन ।

आजतक टेलिभिजनका अनुसार एमआई सिरिजको उक्त हेलिकोप्टरमा रावतसहित १४ जना सवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शाइन रेसुङ्गा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२२ मंसिर २०७८, बुधबार १४:४३
नेपालगञ्ज : शाइन रेसुङ्गा बैंकले नेपालगञ्जमा रहेको कलेज अफ मेनेजमेण्टमा विविएसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय एवं डिजिटल साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । बैंकका शाखा प्रबन्धक तेजबहादुर रावलले वित्तीय साक्षरताको आवश्यकता, महत्व एवं वित्तीय समावेशीकरण, बैंकिङ्ग विकास र शाइन रेसुङ्गा बैंकको संक्षिप्त जानकारीका साथै बैंकले प्रदान गर्ने सेवा सुविधाहरुको बारेमा […]