भेरी साहित्य समाजको अध्यक्षमा बस्नेत निर्वाचित

सदरलाइन संवाददाता २८ माघ २०८०, आईतवार १४:२४
 

नेपालगञ्ज : भेरी साहित्य समाजको अध्यक्षमा ईन्द्रबहादुर बस्नेत निर्वाचित भएका छन् । समाज केन्द्रीय समितिको सातौं अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि बस्नेतको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति पदाधिकारी निर्वाचित गरेको हो । निर्वाचन समितिका अनुसार दुई जना सदस्य पछि थप गर्ने गरी १७ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरिएको छ ।

समाजको केन्द्रीय वरिष्ठ उपाध्यक्षमा इश्वरीप्रसाद रिजाल, उपाध्यक्षमा महेन्द्र चन्द ‘महासागर’, महासचिवमा गीता अर्याल, सचिवमा प्रभात सुवेदी र कोषाध्यक्षमा सरोज कुमार चौधरी रहेका छन् । यस्तै सदस्यहरुमा वालकृष्ण शर्मा रेग्मी, भरतबहादुर रानाभाट, मीना बराल, रामचन्द्र आचार्य, राजकुमार चौधरी, चन्द्रावती अधिकारी, कोकिला सिंह, हेमन्तराज माण्डव्य, सुन्दर गुरूङ, बोधराज प्याकुरेल र पवनकुमार जैसवाल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

समाजको यो चौथो कार्यसमिति हो । अधिवेशनमा वरिष्ठ पत्रकार तथा साहित्यकार पूर्णलाल चुके संयोजक तथा महानन्द ढकाल (प्राज्ञ सभा सदस्य) र मणि अर्याल सदस्य रहेको निर्वाचन समिति बनाइएको थियो ।


अधिवेशनको उदघाटन शत्रमा साहित्य र पत्रकारितामा योगदान पुर्याउने विभिन्न ५ जना ब्यक्तित्वलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा साहित्य र पत्रकारिता क्षेत्रमा कलम चलाए वापत दैनिक नेपालगञ्जका प्रधान सम्पादक झलक गैरे, साहित्यकारहरु ईन्द्रबहादुर बस्नेत (बाँके), अयोध्याप्रसाद श्रीवास्तव (बर्दिया), टिकाराम उदासी (दाङ) र थानेश्वर लामिछाने (सुर्खेत) रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्वसदस्य सचिव सनत रेग्मी, समाजका अध्यक्ष हरिप्रसाद तिमिल्सेना लगायतले सम्मान–पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । भेरी साहित्य समाज पश्चिम नेपालको महत्वपूर्ण क्रियाशिल साहित्यिक संस्था मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीस्थित दुर्गा मन्दिरमा अज्ञात समुहद्वारा तोडफोड

२८ माघ २०८०, आईतवार १४:२४
नेपालगञ्ज : राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ मा रहेको दुर्गा मन्दिरमा अज्ञात समुहले तोडफोड गरेको छ । वडा नम्बर ७ स्थित लालपुरमा रहेको उक्त मन्दिरमा तोडफोड भएको हो । अज्ञात समुहले मुर्तीका साथै पुजा सामग्री तोडफोड गरेर दुर्गाको ‘नथिया’ समेत लिएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । मन्दिर भित्र […]

सम्बन्धित