स्वतन्त्र न्यायपालिका हुनुपर्छ : कानुन मन्त्री

११ चैत्र २०७४, आईतवार १८:२५
 

कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले न्यायपालिकाभित्र व्यक्तिको सर्बोच्चता कायम हुन नसक्ने बताएका छन् । पूर्व प्रधानन्यायाधिश गोपाल तामाङले न्यायिक सर्बोच्चता कायम हुने तर न्यायपालिका भित्र रहेका ब्यक्तिको सर्बोच्चता कायम नरहने उल्लेख गरे ।आईतबार नेपालगन्जमा प्रेस चौतारी बा“केले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै कानुन मन्त्री तामाङले स्वतन्त्र न्यायापालिकाका लागी सरकारले कुनै कसर बांकी नराख्ने बताए ।


‘कानूनकोे सर्वोच्चता भन्दा कानूनमा बसेकाहरुको सर्वोच्चता अलि बढेको हो कि भन्ने जनगुनासो व्यापक छ । कानूनको सर्वोच्चता स्थापित गर्ने कुरामा वर्तमान सरकार दृढता पूर्वक लाग्छ ।’– मन्त्री तामाङले भने–‘कानूनको व्याख्या गर्ने थलोलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउने कुरालाई हामीले प्रमुख प्राथमिकतामा राखेका छौं ।’

Next Post

थारु भाषाको फिल्म बन्ने

११ चैत्र २०७४, आईतवार १८:२५
error: Content is protected !!