१६ वर्षमै विवाह गर्न पाउने माग गर्दै धर्ना

१ असार २०७६, आईतवार १८:५०
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  बाँकेमा वाल बिबाहबिरुद्ध सरकारी तथा गैर सरकारी संस्थाले सचेतनामूलक अभियान थाली रहँदा कानून बिपरित वाल बिबाह गर्न पाउनुपर्ने माग गर्दै बाँकेका मधेशी समुदायका केही महिला आन्दोलनमा उत्रिएका छन् । उनीहरुको यो मागले बालबिबाहबिरुद्ध सचेतनामा गरेको लगानी बालुवामा पानी सावित हुनुको साथै अभियानमा चुनौती थपिएको छ ।
उनीहरुले मुलकी अपराध संहिता–२०७४ को विबाह सम्बन्धी महललेसमेत बर्जित गरेको कानूनको खारेजी गरी १६ वर्ष उमेरमै विवाह गर्न पाउनु पर्ने माग गर्दै जिल्ला प्रशाशन कार्यालय बाँकेमा धर्ना दिएका हुन ।
उनीहरु बाँके जनाकी गाउपालिकाका रामदेव मिश्र लगायतको अगुवाईमा आईतवार सयको संख्यामा रहेका मधेशी समुदायका महिला जिल्ला प्रशासन बाँकेमा धर्ना दिदै १६ बर्षमै बिहे गर्न पाउनुपर्ने माग राख्दै आएका हुन ।
कानून बिपरित गएर वालबिबाह गर्दा मुद्दा खेप्नु पर्ने भएकाले उनीहरुले आन्दोलन मार्फत १६ बर्ष पुगेपछी बिहे गर्न पाउनु पर्ने कानून ल्याउन दबाब दिन कानूनी प्रावधान बिरुद्ध आन्दोलनको नेतृत्व गरेका रामदेव मिश्रले मधेशी समुदाय अरु समुदाय भन्दा फरक रहेकाले १६ बर्ष मै बिबाह गर्न पाउने कानून बनाउनु पर्ने तर्क राख्नु भयो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेले २० बर्ष भन्दा तल बिबाह गरे वाल बिबाहको कानून लाग्ने बताउदै उहाँले धर्ना कार्यक्रममा आएका मधेशी महिलाहरुलाई सचेत रहन आग्रह गर्नु भयो । १६ बर्षमै विवाह गर्न पाउनु पर्ने अडान राख्दै मधेशी चेलीहरु जिल्ला प्रशासन पुगेका उनीहरु २० बर्ष कटेपटि विवाह गर्दा वर बधु नपाईने र २० वर्षमा विबाह गर्दा विबाहको खर्च ब्यहोर्न गा¥हो हुने जिकिर गर्छन् ।

Next Post

क्रिकेट प्रतियोगितामा वडा ३ र २३ फाइनलमा

१ असार २०७६, आईतवार १८:५०
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा जारी अन्तर वडास्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. ३ र २३ फाइनलमा प्रबेश गरेका छन् । नेपालगन्जको मंगलप्रसाद उच्च माविको खेल मैदानमा आइतवार भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा वडा नं. ३ ले वडा नम्बर ८ लाई १८ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । खेलमा टस […]