‘जनताद्वारा जनतालाई सहयोग’ अभियान चलाउदै नेकपा खजुरा

१७ बैशाख २०७७, बुधबार २३:१८
 

सदरलाइनडटकम,
खजुरा (बाँके)  : कोबिड–१९ नोबल कोरोनाको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनका कारण प्रभाबितलाई सहयोग पुराउन नेकपा खजुरा गाउँकमिटीले अभियान सुरु गरेको छ ।

नेकपा खजुरा गांउपालिका कमिटीद्वारा ‘जनताद्वारा जनतालाई सहयोग’ भन्ने स्लोगन साथ अघि बढाईएको राहत संकलन अभियानलाई वडा पार्टी कमिटीको प्रत्यक्ष निगरानीमा पार्टी सदस्य , शुभचिन्तक, शुभेच्छुकहरूसंग राहत संकलन कार्यलाई अगाडि बढाउने निर्णय समेत गरेको छ ।

बुधबार नेकपा खजुरा–४ वडा कमिटी अध्यक्ष खडक ओलीको अध्यक्षतामा बसेको वडा कमिटीको बैठकमा कोभिड–१९(नोबल कोरोना) भाइरस संक्रमणका कारण उत्पन्न भएको विषम परिस्थितिले मजदुरी गरिखाने गरिब बिपन्न बर्गको घरमा चुलो बल्न नसक्ने अवस्था सृजना भएमा स्थानीय सरकार मार्फत त्यस्ता घर परिवारलाई राहत उपलब्ध गराउने मूल ध्ययेका साथ सो अभियान सञ्चालन गर्ने भएको हो ।


सो राहत संकलन अभियान बैेठकमा नेकपा खजुरा गांउपालिका कमिटी अध्यक्ष राजकुमार बिक, पालिका कमिटी ईन्चार्ज भिम ओली, वडा नं.४ पार्टी ईन्चार्ज सतिश निरौला, खजुरा वडा नं.४ वडाध्यक्ष तिलकबिर सुनार समेतको उपस्थिति रहेको बैठकमा नगद समेत जम्मा भएको छ ।

खजुरा–२ निवासी हाल भौतिक पूर्वाधार बिकास मन्त्रालय प्रदेश नं.५, मा सिनियर डिभिजनल ईन्जिनियर पदमा कार्यरत नरेन्द्र खडकाबाट रू.१० हजार, नेकपा खजुरा गांउपालिका कमिटी सदस्य टेक बहादुर रोका रू.६ हजार, तिलकबिर सुनार ५ हजार,.धनसिंह भण्डारी ५ हजार, राज कुमार रू.१ हजार, देवराम बि.सी.१ हजार ५ सय, अर्जुन थापा रू.१ हजार १ सय, खडक ओली २ हजार, दल बहादुर बि.सी.१ हजार ५, बल ब.कठायत १ हजार ५ सय, योगमाया खनाल रू.१ हजार ५ सय गोबिन्द शर्मा १ हजार ५ सय लगायत अन्यबाट गरि जम्मा रू.४० हजार १ सय नगद र शेर बहादुर बि.सीबाट १ (एक) बोरी चामल (२५ किलोे ) बराबरको राहत संकलन भएको नेकपा खजुरा गांउपालिका कमिटी प्रवकता धनराम ओलीले जानकारी दिए ।

उनले लकडाउन प्रभावितलाई राहत उपलब्ध गराउने कार्यमा गाउ पार्टि कमिटी परिचालन हुने निर्णय गर्दै आवश्यकलाई तत्काल राहत उपलब्ध गराउन पहल गर्ने समेत जनाए ।

Next Post

लकडाउन कडाई गर्दै बाँके प्रशासन

१७ बैशाख २०७७, बुधबार २३:१८
सदरलाइनडटकम, नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणको जोखिमबाट जोगिनको लागि आव्हान गरिएको लकडाउनलाई बाँके प्रशासनले अझ कडाई गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले लकडाउनलाई थप कडाई गर्ने जनाउदै यसअघि बेलुका ४ बजेदेखी अत्यावश्यक सेवा बाहेक सबै बन्द गराएको प्रशासनले शुक्रबारदेिख लकडाउनमा थप कडाई गर्ने भएको हो । […]